
विन्डसोर, (बेलायत), ५ जेठ – बेलायतका राजकुमार ह्यारी शनिबार अमेरिकी पूर्व अभिनेत्री मेगन मार्कलसँग विवाह बन्धनमा बाँधिनुभएको छ ।
राजधानी लण्डनभन्दा झण्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यासल (दरबार) को सेन्ट जोर्जेज च्यापलमा आयोजना गरिएको वैवाहिक समारोहमा विश्वभरका करीब ६०० विशिष्ट पाहुना सहभागी भए भने वैवाहिक समारोह भएको दरबार बाहिर हजारौं दर्शकहरूले सडकका दुई किनारामा रहेर समारोहमा खुशी साटासाट गरेका थिए । टेलिभिजनमार्फत गरिएको उहाँहरूको विवाहको प्रत्यक्ष प्रसारणलाई विश्वभर विशेष उत्लासकासाथ अवलोकन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
विवाह समारोहमा ३३ वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया मार्कलले एकापसमा सँगै जिउने वाचा गर्दै औँठी साटासाट गर्नुभएपछि परम्पराअनुसार क्यान्टरबरीका आर्चबीसप जस्टिन वेल्बीले उहाँहरू श्रीमान् र श्रीमती भएको घोषणा गर्नुभएको थियो । यसलाई एउटा ‘ऐतिहासिक’ घटनाको रूपमा लिइएको छ ।
मार्कल आफ्नी आमासहित रोल्सरोयस गाडीमा विवाहस्थल पुग्नुभएको थियो भने सेन्ट जोर्जेज च्यापलमा पुगेसँगै ह्यारीका पिता युवराज चाल्सले मार्कलको हातमा समाएर वैवाहिक समारोहमा लग्नुभएको थियो । यसैगरी ह्यारी विवाह समारोहस्थलमा आफ्ना दाजु विलियमसँगै पुग्नुभएको थियो ।
विवाहको खुशियालीमा देशभर सडक पार्टीहरु आयोजना गरिएको समाचारमा जनाइएको छ ।
उहाँहरू सन् २०१६ जुलाईदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ ।
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक