काठमाडौँ-पुनःगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसहित सचिवालयका नेताहरुले शुक्रबार तत्कालीन नेकपा एमालेको धूम्रबाराहीस्थित र तत्कालीन नेकपा माओवादी केन्द्रको पेरिसडाँडास्थित केन्द्रीय कार्यालय अवलोकन गरेका छन् ।
एकतापछि कुन कार्यालयलाई केन्द्रीय कार्यालय बनाउने भन्नेबारेमा अध्ययन र अवलोकनपछि निर्णय गर्ने तयारीका साथ प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ती कार्यालय निरीक्षण गरेका छन् ।
धूम्रबाराही कार्यालयमा अध्यक्ष ओलीले दाहाल र पेरिसडाँडाको कार्यालयमा अध्यक्ष दाहालले ओलीलाई स्वागत गरेका थिए । एमाले र केन्द्रबीच बिहीबार एकता भएको थियो । दुवै अध्यक्षले ती कार्यालयमा अनौपचारिकरुपमा बहाली गरे ।
दुवै कार्यालयका पदाधिकारी कक्ष, विभाग र सभाकक्षको नेताहरुले अवलोकन गरेका थिए । सो अवसरमा पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल र सचिवालयका अधिकांश सदस्य सहभागी थिए । नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले कार्यालयको अवलोकनपछि कार्यालयबारे निर्णय गरिने जानकारी दिए ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा