लन्डन । संयुक्त अधिराज्यका लागि नेपाली राजदूत तथा गणतन्त्र माल्टाका लागि नवनियुक्त गैरआवासीय राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीले १७ मे २०१८ का दिन गणतन्त्र माल्टाका महामहिम राष्ट्रपति श्रीमती Marie- Louise Coleiro Preca समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नु भएको छ । राजदूत डा. सुवेदीले माल्टाको राजधानी भालेटास्थित राष्ट्रपति भवनमा आयोजित एक विशेष समारोहमा ओहदाको प्रमाणपत्र पेश गर्नु भएको हो ।
उक्त विशेष समारोहमा राजदूत सुवेदीले सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीवाट माल्टाका राष्ट्रपतिको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै माल्टाका मैत्रीपूर्ण जनताको निरन्तर प्रगति, शान्ति, एवं समृद्धिका लागि पठाउनु भएको शुभकामना सन्देश प्रस्तुत गर्नुभयो । त्यसैगरी राजदूत डा. सुवेदीले सम्माननीय प्रधानमन्त्री के. पी. शर्मा ओलीवाट माल्टाका महामहिम राष्ट्रपति, माल्टा सरकार र जनताप्रति नेपाल सरकार र नेपाली जनताको शुभेच्छा र शुभकामना व्यक्त गर्नुभयो ।
माल्टाका महामहिम राष्ट्रपति श्रीमती Preca ले महामहिम राजदूत डा. सुवेदीको ओहदाको प्रमाणपत्र ग्रहण गर्नुहुँदै गणतन्त्र माल्टाका लागि नेपालको असाधारण तथा सर्वाधिकारसम्पन्न राजदूत नियुक्त हुनु भएकोमा डा. सुवेदीलाई वधाई दिनुभयो । सो अवसरमा महामहिम राष्ट्रपतिले माल्टाका लागि राजदूतका रुपमा डा. सुवेदीको कार्यकालको सफलताको कामना गर्नुहुदै दुई मुलुकबीचको द्धिपक्षीय सम्बन्ध थप सुदृढ र सुमधुर हुने विश्वास व्यक्त गर्नुभयो ।
उक्त अवसरमा महामहिम राष्ट्रपति श्रीमती Preca ले नेपालका सम्माननीय राष्ट्रपतिश्रीमती विद्या देवी भण्डारीको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै नेपाली जनताको निरन्तर शान्ति, प्रगति एवं समृद्धिका लागि शुभकामना सन्देश सम्माननीय राष्ट्रपतिसमक्ष पुर्याइदिन राजदूत डा. सुवेदीलाई आग्रह गर्नुभयो।
नेपालमा स्थानीय, प्रादेशिक र संघीय तीनै तहका निर्वाचन शान्तिपूर्वक र सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनतालाई बधाइ ज्ञापन गर्नुहुँदै गणतन्त्र माल्टाका महामहिम राष्ट्रपतिले यसले नेपालको लोकतान्त्रिक, समावेशी र सर्वस्वीकार्य संविधानको कार्यान्वयनका साथै नेपालको सामाजिक र आर्थिक विकासका निम्ति मार्ग प्रशस्त गरेको धारणा व्यक्त गर्नुभयो । राष्ट्रपति Preca ले द्धिपक्षीय सहयोगको अभिवृद्धिले दुई मुलुकबीच रहेको मैत्रीपूर्ण सम्बन्ध भविष्यमा अझ प्रगाढ हुने विश्वास समेत व्यक्त गर्नु भयो ।
आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुहुँदै राजदूत सुवेदीले नेपालको वर्तमान राजनैतिक, सामाजिक र आर्थिक विकासबारे संक्षिप्तमा प्रकाश पार्नुभयो । नेपालमा सफलतापूर्वक स्थानीय, प्रदेश र संघीय संरचनाको निर्वाचन सम्पन्न भई संघीय, सातै प्रदेश र सातसय त्रिपन्न स्थानीय सरकारको गठनले नेपालको लोकतान्त्रिक, समावेशी र नागरिक अधिकार सम्पन्न संविधानको पूर्ण कार्यान्वयन भएको बताउनु हुँदै राजदूत डा. सुवेदीले यसले लामो राजनीतिक संक्रमण अन्त्य गर्नुका साथै एकात्मक संरचनाबाट शासन व्यवस्था संघीय संरचनामा संस्थागत भएको विचार व्यक्त गर्नुभयो ।
संसदमा बहुमत प्राप्त स्थायी सरकारको निर्माण र विकासको लक्ष्य निर्धारणबाट नेपाली जनतामा समृद्ध र उज्यालो भविष्यप्रति आशा र विश्वास जागेको छ भन्नुहुँदै राजदूत डा. सुवेदीले वर्तमान सरकारको समृद्ध नेपाल र सुखी नेपालीको आदर्शलाई अंगीकार गरेको र सो आदर्श राष्ट्रियता, लोकतन्त्र र आधारभूत स्वतन्त्रता, सामाजिक न्याय, स्थिरता, प्रगति र विकास, सुशासन र संक्रमणकालको अन्त्यमा आधारित रहेको छ भनी प्रष्ट पार्नु भयो ।
नेपाल सरकारका तर्फबाट गणतन्त्र माल्टा सरकार र जनतालाई नेपालको विकास प्रयासमा प्राप्त सदाशयता र सहायताका लागि आभार व्यक्त गर्नहुँदै राजजदूत महामहिम डा. सुवेदीले आफ्नो कार्यकालमा नेपाल र माल्टाबीचको विद्यमान मैत्रीपूर्ण द्धिपक्षीय सम्बन्ध थप उचाइमा पुर्याउने अपेक्षा व्यक्त गर्नु भयो ।
उक्त विशेष समारोहमा राष्ट्रपति कार्यालयका Chief of the Staff, H.E. Mr. John Camilleri, परराष्ट्र मामिला तथा व्यापार प्रवर्द्धन मन्त्रालयका महानिर्देशक महामहिम श्रीमती Maria Calleja, सम्माननीय राष्ट्रपतिका सचिव महामहिम Carmell Briffa र माल्टा सरकारका शिष्टाचार महापाल Mario Buttigieg को उपस्थिति थियो ।
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक