काठमाडौँ, ४ जेठ – विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको छैटौँ दिनसम्म २४१ जना आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् ।
आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत तीलकराम पाण्डेका अनुसार आजमात्रै ६५ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । यसमा ३४ नेपाली र ३१ विदेशी रहेका छन् ।
आरोहणको पाँचौं दिन बिहीबार २५ जनाले आरोहण गरेका थिए । वैशाख ३० गते आठ जना शेर्पा आरोहीबाट सगरमाथाको चुचुरोसम्म डोरी टाँगेपछि यस वर्षको पहिलो आरोहण शुरु भएको थियो । आरोहणको चौथो दिन बुधबार सबैभन्दा बढी ९४ जना सगरमाथाको चुचुरोमा पुगेका थिए ।
यस वर्षको वसन्त ऋतुमा चार नेपालीसहित ३८ आरोही दलका ३६४ आरोही शिखर चुम्ने अभियानमा छन् । अबको तीन-चार दिनभित्र सबै आरोही चुचुरोमा पुगिसक्ने बताइएको छ । अहिले बाक्लो संख्याका आरोही सगरमाथाको चुचुरो पुगेर धमाधम ओर्लने क्रममा छन् । चुचुरो चढ्ने र ओर्लने धेरै आरोही शिविर तीन र चारमा रहेको सम्पर्क अधिकृत पाण्डेले बताउनुभयो ।
सगरमाथाको आधार शिविरभन्दा माथि तेस्रो र चौथो शिविरमा धेरै आरोही अनुकूल मौसमको प्रतिक्षामा रहेका छन् ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अभिनयतर्फ गायन समीर श्रेष्ठ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक