
नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित जीप दुर्घटनामा परी मृत्यु भएको स्थल चितवनको देवघाटमा बिहीबार नेता द्वयको सालिक अगाडि नेता तथा कार्यकर्ता । तस्बिर – नारायण अधिकारी, चितवन, रासस
चितवन, ३ जेठ – २०५० साल जेठ ३ गते नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको जिप दुर्घटना भएको स्थल दासढुंगामा आज विहान उहाँहरुको २५ औँ स्मृति दिवसको अवसरमा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरियो ।
नेकपा (एमाले) चितवनले आयोजना गरेको सो कार्यक्रममा सांसद कृष्णभक्त पोखरेल, प्रदेश ३ का कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, एमाले नेता केशवलाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का चितवन इञ्चार्ज ईश्वरी भट्टराईलगायत दर्जनौँ नेता कार्यकर्ता सहभागी भएका थिए ।
सो अवसरमा आज हुने दुई पार्टीको एकताले मदन र आश्रितको सपना पूरा हुने नेताले बताएका छन् । उनीहरुले कम्युनिष्ट फुटकै कारण सधैं कमजोर बन्नुपरेको बताउँदै आगामी दिनमा आर्थिक समृद्धिका पक्षमा लाग्न एकताले बल पुरयाएको समेत बताएका छन् ।
कार्यक्रममा बोल्ने नेताले मदन भण्डारीले देखाएको बाटोमा हिँड्दा सफलता मिल्ने बताएका थिए । आश्रितको शव नदीमा गाडीमै भेटिएको थियो भने भण्डारीको भने घटनास्थलदेखि अलि तल गाँजीपुरस्थित नारायणी नदी किनारमा तीन दिनपछि शव भेटिएको थियो ।
उहाँहरु पोखराबाट चितवन आउने क्रममा सो दुर्घटना भएको हो । उहाँ सवार जिपमा एमाले संगठन विभाग प्रमुख जीवराज आश्रित र चालक अमर लामा थिए । चालक अमर लामाको २०५९ सालमा अज्ञात समूहले राजधानीमा हत्या गरिसकेको छ ।
ताप्लेजुङको हाङदेवामा पिता देवीप्रसाद भण्डारी र माता चन्द्रकुमारीको माहिला छोराका रूपमा २००९ असार १४ गते भण्डारीको जन्म भएको हो । उहाँले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको नीति पछ्याउँदै नेकपा (एमाले) राजनीतिमा अघि बढ्दै आइरहेको छ ।
भण्डारीको जिप खसेको स्थल दासढुंगामा चितवन र तनहुँ जोड्ने पुल निर्माण गरिएको छ । सोही क्षेत्रमा १० कट्ठा जमिन खरिद गरी पार्क र अध्ययन केन्द्र निर्माणको तयारी थालिएको एमाले चितवनका पूर्वअध्यक्ष जगन्नाथ थपलियाले बताउनुभयो ।
उहाँका अनुसार भण्डारीको शव भेटिएको गाँजीपुरमा मदन भण्डारीको शालिक निर्माण गरिएको छ भने उहाँकै स्मृतिमा पार्क र अन्य भौतिक संरचना निर्माण गर्ने योजना रहेको मदन भण्डारी फाउण्डेसन, चितवनका पूर्वअध्यक्षसमेत रहनुभएका थपलियाले बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
युक्रेनलाई तत्काल युद्धविराम गर्न जी–७ को आह्वान
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित