लन्डन । नेपाल पत्रकार महासंघ, बेलायत शाखाको चौंथो अधिवेशनका लागि केन्द्रिय अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्ट लन्डन आइपुगेका छन् । बुधबार सांझ हिथ्रो उत्रिएका आचार्य र विष्टलाई शाखा अध्यक्ष नरेश खपांगीमगर, सल्लाहकारहरु भगिरथ योगी, नवीन पोखरेल, हरिकुमार गुरुङ काजीसहित पदाधिकारीहरुले स्वागत गरे ।
शाखाको अधिवेशन १९ मे शनिबार अल्डरसटस्थित एम्पायर हलमा हुंदैछ ।
केन्द्रिय अध्यक्ष आचार्यले सर्वसम्मत नयां नेतृत्व चयन गर्न जोड दिएका छन् । शाखाका पूर्व अध्यक्षहरुसंग बेग्लै वार्ता गरेर आचार्यले निर्वाचन भन्दा सर्वसम्मत नेतृत्व चुन्न सुझाए । ‘बेलायत पत्रकारिता र प्रजातन्त्रको जननी पनि मानिन्छ । यो सभ्य समाजमा रहेका पत्रकार साथीहरु मिलेर आउन् भन्ने हामी चाहन्छौं’- आचार्यले भने, ‘नेपालमा नयां सरकार गठनभएसंगै प्रेसमाथि कडाइ गर्ने प्रयास पनि भइरहेका छन् । हामीलाई त्यो चुनौतिसंग लड्न बेलायतका पत्रकारहरुको रचनात्मक सुझाव सल्लाह र सहयोगको खांचो छ ।’
पत्रकारितासंग कुनै ‘साइनो’ नै नभएका व्यक्तिलाई सदस्यता दिलाउन बेलायतबाट बारम्बार दवाव भइरहेको प्रसंग कोट्याउंदै आचार्यले महासंघलाई ठाउं ठाउंमा गएर सदस्यता बांड्दै हिंड्ने खालको सस्तो संगठनका रुपमा नलिन पनि चेतावनी दिए ।
शाखामा नयां नेतृत्वका लागि वर्तमान अध्यक्ष नरेश खपाङ्गीमगर र उपाध्यक्ष ध्रुवराज अर्यालले अध्यक्षमा उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्षमा श्याम लुईंटेल र दिनेश परियार, उपाध्यक्षमा खेमराज रानाभाट र लिलामान शेरपुञ्जा तथा महासचिवमा नरेन्द्र बस्नेत, सञ्जयभक्त कंडेल, विमला सेने र खुशी लिम्बु भिडेका छन् ।
त्यसैगरि, सचिवमा शिव भण्डारी र जगन कार्की, कोषाध्यक्षमा पूर्ण गुरुङ र सिद्धार्थविक्रम क्षेत्री प्रतिष्पर्धामा छन् ।
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक