रुकुम-द्वन्द्वको समयमा निकै पीडा झेलेको रुकुम पश्चिमको खारा निकै चर्चामा रह्यो । यहाँका बासिन्दाले द्वन्द्वको प्रत्यक्ष मार खेपे । नेपाली सेना र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच पटक पटक लडाइँ भयो । त्यो समयमा यहाँका धेरैले ज्यान गुमाए । दुई दर्जनभन्दा बढी घरमा आगजनी भयो, उस्तै संख्यामा घाइते अपाङ्ग भए । खारावासी नेपाली सेना र प्रहरी देख्न बित्तिकै डराउने अवस्था रह्यो ।
यही द्वन्द्व प्रभावित क्षेत्रमा नेपाली सेनाले अहिले पाँच शय्याको अस्पताल निर्माण गरेको छ । नागरिक सैनिक सम्बन्ध विकास गर्ने हेतुले नेपाली सेनाको देवी दल गण रुकुमले रु ११ लाखको लागतमा अस्पताल निर्माण गरेको हो ।
उक्त अस्पतालाको मंगलबार औपचारिक कार्यक्रमका बीच स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ ।
अस्पताल निर्माणपछि द्वन्द्वको बेला बिग्रिएको सेना र जनताको सम्बन्ध सुधार हुने अपेक्षा राखिएको छ । स्थानीय र नेपाली सेना बीचको सम्बन्ध सुधार गर्न र यहाँको समस्या समधान गर्नका लागि अस्पताल निर्माण गरिएको देवी दल गण सल्लेका गणपति, प्रमुख सेनानी पंकज रावलले जानकारी दिए ।
“हाम्रो काम देशको सुरक्षा गर्नु मात्र होइन, जनतालाई परेका बेला सहयोग गर्नु पनि हो” उनले भने, “खारा नजिकै गुणस्तरिय स्वास्थ्य संस्था नहुँदा जनताले स्वास्थ्य सेवा पाउनबाट बञ्चित थिए, त्यस कारण अस्पताल निर्माणमा सहयोग गरेका हौँ ।”
सो अवसरमा उत्तर पश्चिम पृतना हेटक्वार्टरका पृतनापति उपरथी कर्मेन्द्र बिक्रम लिम्बूले त्रिवेणी गाउँपालिकाका अध्यक्ष झक्कुप्रसाद घर्तीलाई सो अस्पताल हस्तान्तरण गर्दै अस्पतालबाट गुणस्तरीय सेवा दिन आग्रह गरे । अस्पताल निर्माण गरेर स्थानीय सरकारलाई सहयोग गरेको भन्दै गाउँपालिका अध्यक्ष घर्तीले सेनालाई धन्यवाद दिए । अब यसको सम्पूर्ण व्यवस्थापन गाउँपालिकाले गर्ने र आजैदेखि सेवा प्रदान गर्न शुरु गर्ने उनले जानकारी दिए ।
“अस्पताल निर्माण गरी नेपाली सेनाले त्रिवेणीवासीलाई ठूलो गुण लगाएको छ”- अध्यक्ष घर्तीले भने, “यसको व्यवस्थापन, औषधि खरिद र जनशक्तिका लागि गाउँपालिकाले पहल शुरु गरिसकेको छ ।”
अस्पताल निर्माण भएपछि यहाँका स्थानीय खुशी भएका छन् । गाउँमा अस्पताल नहुँदा दुई घन्टाको पैदल हिँडेर अर्को गाउँ जानुपर्ने समस्याको समाधान भएको स्थानीय वीरभान ओलीले बताए ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा