लन्डन । दक्षिणपूर्व क्षेत्रीय तमुधिं लन्डनले गत १२ मे २०१८ का दिन २५६२ औं बुद्ध जयन्ती शान्ति पदयात्रासहित मनाएको छ । प्रत्येक वर्ष हुंदै आएको वुद्ध शान्ति पदयात्राको यो चौंथो श्रृंखला हो ।
मुलग्रेभ प्राइमरी स्कुल परिसरबाट शुरु भएको पदयात्रा उलवीच मार्केट हुँदै प्लमस्टिड पुगी पुनः कार्यक्रम स्थल मुलग्रेभ प्राइमरी स्कुल फर्केको थियो । पदयात्राका सहभागीले बुद्धवाणी अंकित ब्यानरहरु, नेपाली झण्डा, बुद्धिष्ट तथा बेलायती झण्डा बोकेर बुद्ध प्रार्थना गाएका थिए ।
कार्यक्रम संयोजक संस्थाका विशिष्ट सल्लाहकार सुमलकुमार गुरुङका अनुसार शान्ति पदयात्रामा उत्साहजनक सहभागिता रहयो । कार्यक्रममा बेलायतका धेरै संघसंस्थाबाट प्रतिनिधित्व थियो । संस्थाका अध्यक्ष श्रीचन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि थिए नेपाली राजदूतावास लन्डनका द्वितीय सचिव लव सुवेदी ।
प्रथम चरणको कार्यक्रम समाजका महासचिव हयारी गुरुङ र दोश्रो चरणको कार्यक्रम संस्थाका सल्लाहकार योगेश गुरुङले सञ्चालन गरेका थिए । सहभागीहरूलाई संस्थाका उपाध्यक्ष सुमन गुरुङले स्वागत गर्दे आफ्नो छोटो मन्तव्य व्यक्त गरेपछि लामा गुरुद्वय लामा धरम गुरुङ र आचार्य गुरु दुर्गाले बुद्ध शरण गमनको मन्त्रजापद्वारा पूजा शुरु गरेका थिए ।
कार्यक्रम संयोजक सुमल गुरुङ, अध्यक्ष श्रीचन्द्र गुरुङ, प्रमुख अतिथि लगायत संघसंस्थाका अध्यक्ष, प्रतिनिधिहरूले द्वीप प्रज्वलन गरे पश्चात चौथो बुद्ध शान्ति पदयात्रा संयोजक गुरुङको निर्देशनमा भव्यताका साथ सम्पन्न गरिएको थियो । दिन एकदमै शीतल र पदयात्राको अन्तिम समयमा केही फाटफुट पानी पर्दा अझ शीतलता महसुस भएको सहभागीले बताए ।
हलमा फर्किसकेपछि शाकाहरी भोजन वितरण गरिएको थियो । प्रमुख अतिथिको मन्तव्य, अध्यक्षको धन्यवाद ज्ञापनपछि कार्यक्रम संयोजक गुरुङले बुद्ध शान्ति पदयात्राबारे संक्षिप्तमा प्रकाश पारेका थिए । लामा गुरुहरुबाट पुनः पूजापाठपछि प्रवचन गरेर अपरान्ह कार्यक्रम समापन भएको थियो ।
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा