विराटनगर, ३१ वैशाख – साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा थप दुई जनालाई प्रहरीले पक्राउ गरी आज मुद्दा चलाएको छ ।
मनी सटही काउण्टर चलाएर सुन तस्करीमा नगद कारोवार गरी सहयोग गर्ने झापा, दमक –९ का विनोद अधिकारी र दोलखाका मोतीराम श्रेष्ठलाई संगठित अपराध र अवैध सुन चोरी निकासी पैठारी मुद्दा लगाइएको छ ।
मोरङ जिल्ला अदालत मोरङले अभियुक्त दुवैलाई पाँच दिन म्याद थप गरेको सरकारी वकिल पुण्यप्रसाद पाठकले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयले सो सुन काण्ड र हत्या प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत ६३ जनाविरुद्ध अभियोगपत्र दर्ता गराएकामा ३० जना पक्राउ परेका छन् भने ३३ जना अझै फरार छन् ।
सुन काण्डमा प्रतिवादीका तर्फबाट आइतबारदेखि थुनछेक बहस शुरु भएकामा अहिलेसम्म १६ कानून व्यवसायीले बहस सम्पन्न गर्नुभएको छ । पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता शम्भु थापा, राजु बस्नेत, यदुनाथ खनाल र अधिवक्ता उद्धव केसीले प्रतिवादीका पक्षबाट आइतबार बहस गर्नुभएको थियो भने आज वरिष्ठ अधिवक्ता माधवराज आचार्य, राजेन्द्र भट्टराई, सुरेशलाल श्रेष्ठ, योगेन्द्र न्यौपाने तथा अधिवक्ता दीपक बस्नेत, रमिला महर्जनलगायत ११ जनाले थुनछेक बहस गर्नुभएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा