काठमाडौँ-पूर्वयुवराज पारस शाहले गोकर्णेश्वर नगरपालिका वडा नं ४, उत्तरबाहिनीमा रहेको कान्तिभैरव र पञ्चमुखी हनुमान मन्दिरमा विशेष पूजाआजा गरेका छन् ।
लिच्छविकालीन पुरातात्विक महत्व बोकेको मन्दिरमा कान्तिभैरव गुरुकुलका ब्राह्मण बटुकको वैदिक मन्त्रोच्चारणसहित पूर्वयुवराज शाहले विशेष पूजा गरेका हुन् । गुरुकुलका आचार्य श्रीराम अधिकारीले पूजा गराएका थिए ।
उत्तरगया क्षेत्र व्यवस्थापन समितिका प्रमुख सल्लाहकार एवं कान्तिभैरव गुरुकुल सञ्चालक समिति अध्यक्ष प्रा डा ऋषिराम पोखरेलले पूर्वयुवराज शाहलाई गोकर्णेश्वर उत्तरगया एवं कान्तिभैरव र पञ्चमुखी हनुमान मन्दिर क्षेत्रको ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा सांस्कृतिक महत्वका बारेमा जानकारी गराएका थिए ।
हिमवत्खण्डमा कान्तिश्वर नामले उल्लेख गरिएको यहाँको गुफामा योगमाया, शिवपुरी बाबा, श्यामचेतन (वासुकी) बाबा, प्रेमनारायण भण्डारीलगायतले साधना गरेका थिए । यहाँ साधना गरेका सबैको शालिक राखी यो ठाउँलाई तपस्या स्थलकारुपमा चिनाउनुपर्नेमा उनले जोड दिए ।
वाग्द्वारबाट बग्दै आएको वाग्मती कान्तिभैरव मन्दिरअघि उत्तर भएर बग्ने भएकाले यो ठाउँलाई उत्तरबाहिनी भनिएको हो । वाग्मती उत्तरतिर बगेकैले यो ठाउँलाई उत्तरगया पनि भनिन्छ । यहाँ प्रत्येक महिनाको पहिलो शनिबार बेलुकी गुरुकुलका विद्यार्थीले वाग्मती गंगा आरती गर्छन् । प्रत्येक दिन गुरुकुलका बटुकले वैदिक रुद्राभिषेक गर्छन् ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो स्थललाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिनुपर्ने समितिका अध्यक्ष भैरवबहादुर श्रेष्ठले बताए ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ