काठमाडौँ-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमण धैरै हिसाबले सफल, ऐतिहासिक र सम्झनलायक इतिहासको एक महत्वपूर्ण मोड सावित भएको बताएका छन् ।
प्रधानमन्त्री मोदीको शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री ज्ञवालीले भ्रमणपछि सदियौँ पुरानो सम्बन्ध अझै सुदृढ रहने र अझ फराकिलो पार्न, सहयोगका नयाँ क्षेत्र पहिचान गर्न तथा विगतका सहमतिलाई प्रभावकारी कार्यान्वयनका बारेमा ठोस प्रगति हुने गरी निर्णय गरिएको जानकारी दिए ।
उनले नयाँ समझदारीका क्षेत्रहरु रेल्वे, जलमार्ग र कृषिमा साझेदारी तथा विगतका सहमतिमा ठोस प्रगति हुने गरी आगामी सेप्टेम्बरसम्म काम गर्ने समयसीमा निर्धारणको समझदारी भएको पनि उल्लेख गरे ।
प्रधानमन्त्री मोदीको भ्रमणले धार्मिक र पर्यटकीय स्थल जनकपुर र मुक्तिनाथको भ्रमण गरेर पर्यटकीय महत्व र जनस्तरको सम्बन्ध मजबुद बनाउन भूमिका खेलेको जनाए ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा