लन्डन । अन्तर्राष्ट्रिय पर्वत समाजले बेलायतमा च्यारिटीको एउटा महत्वाकांक्षी योजना बनाएको छ । समाजले आगामी जुन ३ तारिख सांझ एक करोड रुपैयां संकलन गर्ने महत्वकांक्षासहित अल्डरसटमा एक च्यारिटी गर्ने भएको हो । अल्डरसटस्थित एम्पायर हलमा हुने उक्त च्यारिटी पर्वत जिल्लामा स्वास्थ्य क्षेत्रमा लगानीका लागि सहयोग जुटाउन केन्द्रित हुने समाजका पदाधिकारीले जनाएका छन् । यो पर्वतेहरुको कुम्भ मेला भएपनि यसमा गैर पर्वतेहरु पनि सहभागी हुने आयोजकको भनाइ छ ।
प्रसुति गृह वा अन्य स्वास्थ्य सेवासंग सम्वन्धित क्षेत्रमा लगानीका लागि आर्थिक सहयोग जुटाउन विशेष च्यारिटी गर्न लागिएको समाजका अध्यक्ष पुरन गिरीले जनाए ।
अध्यक्ष गिरीले आफ्नो जिल्लाको प्रोजेक्टलाई सहयोग गर्न विश्वभरका पर्वतेहरुलाई आव्हान गरेका छन् । उक्त च्यारिटीमा बेलायतबाहेक बेल्जियम, नेदरल्याण्ड, स्वीडेन, डेनमार्क, अमेरिका, युएइ, जापान आदि देशमा रहेका पर्वतेहरु पनि सहभागी हुने अपेक्षा गरिएको छ ।
कार्यक्रम संयोजक हितकाजी गुरुङले च्यारिटीको तयारी तीव्र भइरहेको जनाउंदै आफ्नो उक्त प्रोजेक्टका लागि अमेरिका बस्ने एकै व्यक्तिले ३० लाख प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको जनाए । ‘विदेशमा रहेका पर्वतेहरुको कुम्भ मेला पनि हो यो’- संयोजक गुरुङले भने, ‘कार्यक्रम मनोरन्जनसहित प्रभावकारी र उपलब्धिमुलक बनाउने हाम्रो तयारी छ । हामी बेलायतस्थित पर्वतवासी र गैर पर्वतका नेपालीलाई पनि पूण्य काममा सघाउन अपिल गर्छौं ।’
पर्वत वेलफेयर सोसाइटी यूकेका अध्यक्ष दधि आचार्यले यूके ‘होस्ट कन्ट्री’ भएकाले ३ जुनको च्यारिटीलाई आफ्नो संस्थाले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा पर्वत जिल्लाकै लोकप्रिय गायक विमलराज क्षेत्रीको गायन विशेष आकर्षण हुनेछ । पहिलो पटक बेलायत भ्रमणमा रहेका गायक क्षेत्रीले च्यारिटीमा सहभागी भएर आफ्नो जिल्लावासीलाई मनोरन्जन दिलाउन पाउनु आफ्ना लागि सुःखद संयोग भएको बताए । कार्यक्रममा स्थानीय कलाकारहरुको नृत्य र अन्य मनोरन्जन पनि हुने बताइएको छ ।
गत वर्ष अक्टोबरमा काठमाडौंमा भएको ‘एनआरएनए ग्लोवल कन्फेरेन्स’ का बेला विश्वभरका पर्वतेहरु एकै ठाउं भेला भएका थिए । सोही क्रममा विदेशमा रहेका पर्वतेहरुलाई संगठित गरि जिल्लाको विकास तथा जिल्लावासीलाई अप्ठेरोमा सहयोग गर्ने उद्देश्यले अन्तराष्ट्रिय पर्वत समाज गठन गरिएको थियो ।
संयोजक हितकाजी गुरुङले संस्था जन्माएर मात्र हुन्न, जिल्लालाई केही गरौं भनेर पहिलो पटक विशेष च्यारिटी गर्न लागिएको प्रष्टयाए ।
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक