ओली र मोदीबीच होटल द्धारिकाजमा ‘वान टु वान’ वार्ता

काठमाडौँको टुँडिखेलमा शुक्रबार आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली नेपालको दुई दिने राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्नुहुँदै । तस्बिर- रोशन सापकोटा, रासस

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता सम्पन्न भएको छ । काठमाडौंको बतीसपुतलीस्थित द्वारिकाज होटलमा शुक्रबार साँझ दुई समकक्षीबीच ‘वान टु वान’ वार्ता भएको हो ।

भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा विचारविमर्श भएको बताइएको छ ।

उक्त भेटवार्तापछि दुवै प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्ता शुरु भएको छ ।

भारतीय प्रधानमन्त्री मोदी नेपालको दुईदिने राजकीय भ्रमणका लागि शुक्रबार नेपाल आएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री