राष्ट्रपति भण्डारी र भारतका प्रधानमन्त्रीबीच के भयो छलफल ?

काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ । भेटवार्तामा दुई देशको आपसी हित र चासोका विषयमा छलफल भएको जनाइएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीका अनुसार भेटका अवसरमा दुई देशबीच रहिआएको आपसी सम्बन्ध र आपसी हित र चासोका विषयमा कुराकानी भएको हो ।

भेटका अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा दुई देशका उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।

नेपालको भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रपति भवन शीतल निवासमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुहुँदै । तस्वीर – प्रदिप वन्त, रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री