
नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार काठमाडौँ आइपुग्नुहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गर्नुहुँदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली । तस्बिर – प्रदीपराज वन्त, रासस
काठमाडौँ, २८ वैशाख – नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौँ आइपुग्नुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उहाँलाई स्वागत गर्नुभयो ।
काठमाडौँमा रहँदा भारतीय प्रधानमन्त्री मोदीले उच्चस्तरीय भेटवार्ता गर्नुहुनेछ भने शनिबार बिहान मुक्तिनाथको दर्शनका लागि जाने कार्यक्रम छ । काठमाडौँ महानगरपालिकाले उहाँलाई नागरिक अभिनन्दन गर्नेछ ।
भारतीय प्रधानमन्त्री मोदी एयर इन्डियाको विशेष विमानबाट धनुषाको जनकपुरका कार्यक्रम सकेर पूर्व निर्धारित समयभन्दा करीब दुई घण्टापछि काठमाडौँ आइपुग्नुभएको हो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा