
सिंहदरबार परिसरमा सुर्तीजन्य पदार्थ निषेध
काठमाडौँ, २७ वैशाख – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिंहदरबार परिसरलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरी प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेको छ ।
सिंहदरबार परिसरमा सुर्तीजन्य पदार्थको बिक्री वितरण, ओसारपसार र प्रयोगमा बन्देज लगाउन र सोको प्रभावकारी कार्यान्वयन एवं अनुगमन गर्नेसम्बन्धी निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले आफ्नो मन्त्रालय परिसरमा यसअघि नै सुर्तीजन्य पदार्थको बिक्री वितरण, ओसारपसार र प्रयोगमा बन्देज लगाई त्यसको प्रभावकारी कार्यान्वयन भएको जनाएको छ ।
नेपालमा सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्न सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ जारी भई कार्यान्वयनमा छ ।
सरकारले राजपत्रमा सूचना प्रकाशन गरी सार्वजनिक स्थल तोक्न र सो स्थानमा धूम्रपान तथा सुर्ती सेवनमा बन्देज लगाउन सक्ने व्यवस्था छ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- बेलायतमा कसरी बन्यो कोभिड–१९ बारे जानकारी दिने नेपाली भाषामा पर्चा ?
- सोमबारदेखि बेलायत छोड्न फाराम भर्नुपर्ने, २०० पाउण्ड जरिवाना हुनसक्ने
- आजदेखि बेलायत आइपुग्ने यात्रुले १० दिन होटल क्वारेन्टिनमा बस्न पर्ने
- कारोना संक्रमणका कारण प्रवासमा मृत्यु भएकाको शव नेपाल लैजाने पाइने
- गोरखा भूपू सैनिकको समस्याबारे प्राविधिक समितिको प्रतिवेदनमाथि बेलायतले नेपालसित वार्ता नगर्ने