मुस्ताङ-“फागुन महिनायता अहिलेसम्म यसरी मुस्ताङमा हिउँ परेकै थिएन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भाग्यमानी नै मान्नुपर्छ,”– मुक्तिनाथका स्थानीयवासी मानबहादुर थकालीले भने । गर्मीयामको पनि बीच समयमा बुधबार राति मुस्ताङमा अत्याधिक रुपमा परेको हिउँका कारण यतिखेर मुक्तिनाथसहित आसपासका हिमाल हिउँले सेताम्य भएका छन् ।
विश्वमा नै शक्तिराष्ट्रका रुपमा उदीयमान भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यही शनिबार हुन लागेको मुक्तिनाथ दर्शनका कारण यतिखेर सिङ्गो मुस्ताङ चहलपहलमय भएको छ । यहाँ आउने पर्यटकले हिमाललाई साक्षी राखेर तस्वीर खिचाउन र सेल्फी खिच्न यतिखेर भ्याइनभ्याइ छ ।
यस्तो गर्मीयाममा पनि एकाएक हिउँ पर्दा मुस्ताङ र आसपासका क्षेत्र निकै रमणीय देखिएको थकालीले बताए । अघिपछि पनि भारतीय पर्यटकको निकै चाप हुने गरेको मुक्तिनाथमा यतिखेर अत्याधिक संख्यामा भारतीय पर्यटक आइपुगेका छन् भने नेपालस्थित भारतीय राजदूतावासका कर्मचारी र भारतीय सुरक्षाकर्मी पनि ठूलो संख्यामा देखिएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको तयारीका क्रममा आएका भारतीय राजदूतावासका कर्मचारी, सुरक्षाकर्मी एवं अन्य पर्यटक पनि सेताम्य हिउँले छापिएका उच्च हिमाली दृश्यमा मोहित बन्ने गरेको नेपाल पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकालीले बताए ।

भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणलाई लक्षित गरी प्राविधिक टोलीसहित आवश्यक सामग्री बोकेर आएको भारतीय वायु सेनाको हेलिकप्टर बिहीबार जोमसोम विमानस्थलमा अवतरण गर्दै । तस्बिर – रामबहादुर थापा, मुस्ताङ, रासस
“भारतीय प्रधानमन्त्रीको भ्रमण एवं दर्शन नजिकिएका अवस्थामा वरपरका डाँडा छपक्क हिउँले ढाकिनु साँच्चै सौभाग्यकै कुरा हो,” अध्यक्ष थकालीले भने, “भ्रमणको समाचार संकलन गर्न आउने स्वदेशी एवं विदेशी पत्रकारले हिमपातका सुन्दर दृश्यलाई सञ्चारमाध्यममार्फत प्रचारप्रसार गर्नेछन् ।”
भारतीय प्रधानान्त्री मोदी भ्रमणले यहाँको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवर्धन हुने उनले बताए । भ्रमण नजिकिँदै गर्दा मुक्तिनाथ र आसपासका क्षेत्र हिउँले भरिएका कारण निकै रमणीय बनेको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले बताए ।
उनका अनुसार मोदीको भ्रमणको तयारी लगभग अन्तिम चरणमा पुगिसकेको छ । पूजाको तयारीका साथै स्वागतद्वार निर्माणलगायत काम धमाधम भइरहेको छ । रानीपौवा बजारदेखि मुक्तिनाथ मन्दिरसम्म सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ भने तयार गरिएका हेलिप्याड क्षेत्रको सुरक्षार्थ कुकुरसमेत परिचालन गरिएको छ ।
नेपालमा बिहीबार प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने आयोगको तयारी
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
इरान आक्रमणप्रति चीनको असहमति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो