चांडै पार्टी एकता हुने माओवादी अध्यक्ष दाहालको दाबी

पुष्पकमल दाहाल ‘प्रचण्ड’

बर्दिवास- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच चाँडै पार्टी एकता हुने बताएका छन् ।

वामपन्थी नेता स्व निर्मल लामाको १८ औँ स्मृति दिवसका अवसरमा निर्मल लामा स्मृति प्रतिष्ठानले बिहीबार आयोजना गरेको ‘निर्मल लामा र नेपाली वामआन्दोलन’ विषयक प्रवचन कार्यक्रममा उनले भने, “हतारमा एकता गरेर भोलि पश्चाताप गर्नुभन्दा घनिभूत छलफल गरेर दुबै पार्टीबीच चाँडै एकता हुनेछ ।”

अध्यक्ष प्रचण्डले “एकतामा संसय नपाल्नुहोस्, हामी दरिलो र दिगो एकीकरणका लागि राम्ररी मन माझेर एकता प्रक्रिया अघि बढाइ रहेका छौं” भन्दै एकीकरणका लागि अब कुनै खास विषयमा अड्चन नरहेको बताए ।

नेकपा एमालेका नेता माधवकुमार नेपालले यो वा त्यो तपसिलका कुरा निकालेर एकीकरणमा हुने ढिलाई कार्यकर्तालाई सैह्य नहुने उल्लेख गर्दै बखेडा कहाँ छ ? केपी ओलीमा कि प्रचण्डमा ? स्पष्ट भन्नुहोस् भने ।

“केपी ओलीमा भए खोलेर भन्नुहोस्, हामी ठीक पार्छौं, होइन भने तपाइँमा मनको संसय भए त्यो धेरै केलाएर एकतामा ढिलाइ नगर्नुहोस्,” उनले भने ।

नेता नेपालले अहिलेको सरकार चुनौतीका बीच केही गर्नैपर्ने संकल्पका साथ अघि बढेको बताउँदै अब पनि समृद्धि र विकासको रथ अघि नबढे कम्युनिष्ट पनि जनताको नजरबाट गिर्ने हुँदा सरकार, प्रदेश सरकार, स्थानीय सरकार र पार्टी कार्यकर्ता सोहि अनुरुप अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री