काठमाडौँ- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बस तथा माइक्रोबसमा रहेको सिन्डिकेट तोडिएसँगै अब ट्रक व्यवसायमा रहेको सिन्डिकेट तोड्ने तयारीमा सरकार रहेको बताएका छन् ।
आइतबार गृह मन्त्रालयमा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको भेटमा गृहमन्त्री थापाले यातायात क्षेत्रको एकाधिकारको अन्त्य शुरुआतमात्रै भएको बताउँदै अब अन्य क्षेत्रका सबै एकाधिकार तोडेर छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, “केहीलाई कारबाही प्रक्रियाबाट हामी पछाडि हट्छौँ की भन्ने लाग्न सक्छ, अब हामी फर्कदैनौं र फर्कन छुट पनि छैन ।”
छलफलमा मञ्चका पदाधिकारीले ट्रक, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, शिक्षा, स्वास्थ्य, बैंकलगायत धेरै क्षेत्रमा एकाधिकार रहेको भन्दै चरणबद्ध रुपमा त्यसलाई तोड्न गृहमन्त्रीसँग आग्रह गरेका थिए ।
भेटमा मञ्चका पदाधिकारीले एकाधिकार अन्त्यका लागि आफूहरुले २०६० सालदेखि आवाज उठाउँदै आएपनि पहिलो पटक संस्थागत रुपमै त्यो तोड्ने काम गरेको भन्दै गृहमन्त्री थापालाई बधाई दिएका थिए ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ