काठमाडौँ- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बस तथा माइक्रोबसमा रहेको सिन्डिकेट तोडिएसँगै अब ट्रक व्यवसायमा रहेको सिन्डिकेट तोड्ने तयारीमा सरकार रहेको बताएका छन् ।
आइतबार गृह मन्त्रालयमा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको भेटमा गृहमन्त्री थापाले यातायात क्षेत्रको एकाधिकारको अन्त्य शुरुआतमात्रै भएको बताउँदै अब अन्य क्षेत्रका सबै एकाधिकार तोडेर छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, “केहीलाई कारबाही प्रक्रियाबाट हामी पछाडि हट्छौँ की भन्ने लाग्न सक्छ, अब हामी फर्कदैनौं र फर्कन छुट पनि छैन ।”
छलफलमा मञ्चका पदाधिकारीले ट्रक, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, शिक्षा, स्वास्थ्य, बैंकलगायत धेरै क्षेत्रमा एकाधिकार रहेको भन्दै चरणबद्ध रुपमा त्यसलाई तोड्न गृहमन्त्रीसँग आग्रह गरेका थिए ।
भेटमा मञ्चका पदाधिकारीले एकाधिकार अन्त्यका लागि आफूहरुले २०६० सालदेखि आवाज उठाउँदै आएपनि पहिलो पटक संस्थागत रुपमै त्यो तोड्ने काम गरेको भन्दै गृहमन्त्री थापालाई बधाई दिएका थिए ।
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?