काठमाडौँ- डा गोविन्द केशीको माग खारेज गर्नुपर्ने माग राख्दै अनशनरत मिसन सिन्धुलीगढी राष्ट्रिय मोर्चा नेपालका सदस्य विजय थापाको स्थिति दयनीय बन्दै गएको छ । अनशन बसेको एघारौँ दिनसम्म पनि सरकारको ध्यान जान नसक्दा थापाको स्थिति दयनीय बनेको हो ।
दुई दिनदेखि थापाको शरीरमा सोडियम र पोटासियमको अभाव हुँदा उहाँ बोल्न नसक्ने स्थितिमा पुग्नुभएको मोर्चाका संरक्षक तथा अनशनका व्यवस्थापक गोविन्द बोहराले बताए ।
“सरकारलाई ज्ञापनपत्र बुझाइसक्दा र उहाँको स्वास्थ्य स्थितिका बारेमा जानकारी गराउँदासमेत अहिलेसम्म बुझ्नसमेत आएको छैन”, बोहराले भने ।
सरकारले नयाँ स्वास्थ्य विधेयक खारेज नगरेसम्म अनशनरत बसिरहने उनले बताए । मोर्चाको चिकित्सा शास्त्रको अध्ययनमा सिन्डिकेट प्रथा खारेज गर्नुपर्ने, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई मेडिकल विश्वविद्यालयका रुपमा स्थापित गर्नुपर्ने, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ खारेज गरिनुपर्नेलगायत आठ बुँदे माग जारी गरिएको छ ।
सरकारले समयमा नै अनशनप्रति ध्यानाकर्षण नगरे कडारुपमा प्रस्तुत हुने समेत मोर्चाले जनाएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा