काठमाडौँ- डा गोविन्द केशीको माग खारेज गर्नुपर्ने माग राख्दै अनशनरत मिसन सिन्धुलीगढी राष्ट्रिय मोर्चा नेपालका सदस्य विजय थापाको स्थिति दयनीय बन्दै गएको छ । अनशन बसेको एघारौँ दिनसम्म पनि सरकारको ध्यान जान नसक्दा थापाको स्थिति दयनीय बनेको हो ।
दुई दिनदेखि थापाको शरीरमा सोडियम र पोटासियमको अभाव हुँदा उहाँ बोल्न नसक्ने स्थितिमा पुग्नुभएको मोर्चाका संरक्षक तथा अनशनका व्यवस्थापक गोविन्द बोहराले बताए ।
“सरकारलाई ज्ञापनपत्र बुझाइसक्दा र उहाँको स्वास्थ्य स्थितिका बारेमा जानकारी गराउँदासमेत अहिलेसम्म बुझ्नसमेत आएको छैन”, बोहराले भने ।
सरकारले नयाँ स्वास्थ्य विधेयक खारेज नगरेसम्म अनशनरत बसिरहने उनले बताए । मोर्चाको चिकित्सा शास्त्रको अध्ययनमा सिन्डिकेट प्रथा खारेज गर्नुपर्ने, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई मेडिकल विश्वविद्यालयका रुपमा स्थापित गर्नुपर्ने, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ खारेज गरिनुपर्नेलगायत आठ बुँदे माग जारी गरिएको छ ।
सरकारले समयमा नै अनशनप्रति ध्यानाकर्षण नगरे कडारुपमा प्रस्तुत हुने समेत मोर्चाले जनाएको छ ।
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?