
लिस्बोन । गत अप्रिल ३० तारिख अफगानिस्तानमा एउटा आत्मघाती हमलामा बर्बरतापूर्णरुपमा हत्या गरिएका दश पत्रकारप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पोर्तुगलका नेपाली पत्रकारहरुले २५ औं विश्व प्रेस स्वतन्त्रता दिवस मनाएका छन् । नेपाल पत्रकार महासंघ युरोप च्याप्टर र नेप्लिज जर्नालिस्ट क्लब पोर्तुगलले राजधानी लिस्बोनको अल्मेदा पार्कमा कार्यक्रम गरेका हुन् । कार्यक्रमको सुरुवातमा अफगानिस्तानमा हत्या गरिएका पत्रकारहरुको सम्मानमा दशवटा दीप प्रज्वलन गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ युरोप च्याप्टरका महासचिव योगेन्द्र मिलन छन्त्याल, एनआरएनए पोर्तुगलका अध्यक्ष कुबेर कार्की, नेपाली जनसम्पर्क समिति पोर्तुगलका अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, महासमिति सदस्य चिजकुमार तामाङ, प्रवासी नेपाली मञ्चका उपाध्यक्ष तुलसीराम थपलिया, अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष धनराज शेर्पा, अनेसास पोर्तुगलका अध्यक्ष वाइबी गुरुङ, पत्रकारहरु गणेश पाण्डेय, प्रविन धिताल, विमल गौतम, राजकुमार थापा लगायत पोर्तुगलस्थित विभिन्न संघ संस्थाका पदाधिकारी र प्रतिनिधिहरुको सहभागिता थियो । कार्यक्रम पत्रकार राजकुमार थापाले सञ्चालन गरेका थिए ।
कार्यक्रमका संक्षिप्त मन्तव्य व्यक्त गर्ने क्रममा एनआरएनए पोर्तुगलका अध्यक्ष कुबेर कार्कीले २५ औं विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिए । उनले अगाडि भने, ‘प्रेस समाजको ऐना हो, प्रेस र समुदायबीच सधैं सहकार्य र समन्वय भए सुसंस्कृत समाजको निर्माण हुन्छ ।’
एनआरएनए पोर्तुगल प्रेससंग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्ध रहेको जनाउंदै उनले पोर्तुगलमा नेप्लिज जर्नालिस्ट क्लब सुरुवात भएकोमा खुशी ब्यक्त गर्दै शुभकामना पनि दिए ।
यसैगरी नेपाल पत्रकार महासंघ युरोप च्याप्टरका महासचिव योगेन्द्र मिलन छन्त्यालले अहिले पनि शासक र सत्ताद्वारा संसारभर मिडियाकर्मीहरु प्रताडित भइरहेको उल्लेख गर्दै यसवर्ष मात्र ३३ पत्रकारले ज्यान गुमाइ सकेको जनाए । तर, जस्तोसुकै कठिनाईमा पनि प्रेसले आफ्नो दृढता नछाडेको उनले बताए ।
नेपाली समुदायलाई सुसूचित गर्न पोर्तुगलका पत्रकारहरु पनि संगठित भएको र कलमजीवीहरुको साझा फोरमको रूपमा ‘नेप्लिज जर्नालिस्ट क्लब’ शुरु गरिएको उनले जानकारी दिए ।
पोर्तुगलमा क्रियाशील नेपाली पत्रकारहरुलाई एकीकृत गर्ने उद्देश्यले केही समयदेखि नेप्लिज जर्नालिस्ट क्लब सञ्चालनमा आएपनि विश्व प्रेस स्वतन्त्रता दिवसका दिन सार्वजनिक गरिएको हो ।
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन