लन्डन । बेलायतमा बिहीबार भएको स्थानीय निर्वाचनमा तीन जना भूतपूर्व गोर्खालाई सफलता मिलेको छ । भूतपूर्व गोर्खा सैनिकहरु विष्णु गुरुङ, लक्ष्य गुरुङ र मेजर चित्र राना काउन्सिलर पदमा विजयी भएका हुन् ।
विष्णु गुरुङ र चित्र राना दोश्रो पटक काउन्सिलर निर्वाचित भएका हुन् भने अघिल्लो पटक पराजित लक्ष्य गुरुङ यसपटक सफल भए ।
गत बिहीबार इंग्ल्यान्डको १५० काउन्सिलमा ४ हजार ३७१ सिटका लागि स्थानीय निर्वाचन भएको थियो ।
बस चालक विष्णु पहिलोपटक सन् २०१४ मा काउन्सिलर पदमा निर्वाचित भएका थिए । अर्को वर्ष उनी डेपुटी मेयर भए ।
बेलायतस्थित एनआरएन अभियन्ता तथा व्यवसायी लक्ष्य गुरुङ बार्नेट काउन्सिलको हेल वार्डबाट काउन्सिलर पदमा विजयी भए । उनले तीन हजार सात मत ल्याएका थिए ।
जितपछि गुरुङले बार्नेट काउन्सिलमा थुप्रै भूतपूर्व गोर्खा परिवार बसोबास गरिरहेको बताउंदै उनीहरुका समस्या लगायत नेपाली बालबालिकाका लागि नेपाली भाषा कक्षा सञ्चालन गर्नेबारे काउन्सिलमा पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
स्थानीय मतदाताको इच्छा बमोजिम सडकपेटी, पार्क सुधार, ट्राफिक व्यवस्थापन, स्थानीय स्कुलमा पठनपाठन,
चोरी समस्या समाधान आदि सम्वोधन गर्ने गुरुङको दावी छ ।
मेजर चित्र रानाले वकिङ बरोको गोल्डसवर्थ पार्क वडाबाट जम्मा दश मत बढि ल्याएर जितेका हुन् । कन्जरभेटिभ पार्टीका उम्मेदवार रानाले ९३० र उनका प्रतिष्पर्धी लिबरल डेमोक्रयाट्सका जेम्स रिचार्ड स्यान्डरसनले ९२० मत ल्याएका थिए ।
निर्वाचनको मैदानमा उत्रिएका अन्य नेपाली मुलका उम्मेदवारहरु बार्नेटको सेड वार्डमा लेबरबाट उठेका कमलबहादुर गुरुङ, फेल्थाम नर्थमा कन्जरभेटिभबाट लडेका आनन्द राई, इलिङको होबेइन वडामा कन्जरभेटिभका तर्फबाट उठेका सुरेन्द्र ढुंगाना र हार्ट डिष्ट्रिक्ट काउन्सिलको ब्ल्याकवाटर एण्ड हवली वडाबाट उठेकी लिला सेलिङ माबो भने पराजित भए ।
यसपटकको निर्वाचनमा बेलायतको प्रतिपक्षी दल लेबरले दुई हजार ३५० सिट, सत्तारुढ कन्जरभेटिभले १३३२, लिबरल डेमोक्रेटिक पार्टीले ५३६, ग्रीन पार्टीले ३९, यूकीपले ३ र अन्यले १४४ सिटमा जित हासिल गरेका छन् ।
पूर्व अनुमान विपरित लेबर टोरीज (कन्जरभेटिभ) संग लन्डनका कयौं क्षेत्रमा पराजित भएको छ । लेबर लन्डनका महत्वपूर्ण काउन्सिलहरु केन्जिङटन एण्ड चेल्सी, वान्डसवर्थ, वेष्टमिनिष्टरमा जित हासिल गर्न चुक्यो ।
गत वर्ष जुनमा ७१ जनाको ज्यान जाने गरि भएको बेलायती इतिहासकै दुःखद घट्ना ग्रेनफेल टावर आगलागीमा सरकारप्रति तीव्र आक्रोश र आलोचना रहंदा लेबरले केन्जिङटन एण्ड चेल्सीबाट जित्ने ठूलो अपेक्षा गरिएको थियो ।
तर, प्लेमाउथ र ट्राफोर्डमा जित हासिल गरेर त्यहां लेबर सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको छ । ट्राफोर्डमा कन्जरभेटिभले १४ वर्षपछि आफ्नो अधिपत्य गुमाएको हो । टोरीजले उत्तरी लन्डनको बार्नेट काउन्सिल आफ्नो कब्जामा लियो । जुइस समुदायलाई चिढाएपछि लेबर उक्त क्षेत्रमा पराजित बन्न पुगेको विश्लेषण गरिएको छ ।
वारवीकसायरको ननिटन र बेडवर्थमा लेबरले आफ्नो पकड गुमाइ त्यहां कन्जरभेटिभले लेबरका ८ वटा सिट खोसिदिएको छ । कन्भरभेटिभले पिटरबरो, बसिलडन र डर्बीमा पनि जितेको छ ।
प्रत्येक चार वर्षमा हुने स्थानीय निर्वाचन अन्तर्गत यसपटक लन्डनको सबै ३२ बरो तथा बेलायतका ठूला शहर म्यानचेस्टर, बर्मिङहाम, लिड्स, न्यूकासल आदिमा स्थानीय चुनाव भएको हो ।
यस निर्वाचनले हयाक्नी, लुइसम, न्यूहाम, टावर हयामलेट्स, वाटफोर्ड र सेफिल्ड सिटी गरि ६ क्षेत्रमा मेयर समेत चुनेको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने