काठमाडौँ, २२ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले उपचाररत वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
पित्त थैलीको क्यान्सरबाट पीडित डा देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न राष्ट्रपति भण्डारी आज बाँसबारीस्थित न्यूरो अस्पताल पुग्नुभएको थियो ।
राष्ट्रपति भण्डारीले डा देवकोटासँग संक्षिप्त कुराकानी समेत गर्नुभएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । भेटका क्रममा राष्ट्रपति भण्डारीले देवकोटाको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।
बेलायतको एक अस्पतालमा उपचारका लागि पुग्नुभएका डा देवकोटा केही दिनअघि मात्रै स्वदेश फर्कनुभएको हो ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पनि उपचाररत वरिष्ठ न्यूरो सर्जन देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
पित्त थैलीको क्यान्सरबाट पीडित डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न गृहमन्त्री थापा आज बाँसबारीस्थित न्यूरो अस्पताल पुग्नुभएको हो ।
भेटमा गृहमन्त्रीले डा देवकोटाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै संक्षिप्त कुराकानीसमेत गर्नुभएको थियो । गृहमन्त्रीले डा देवकोटाको उपचारमा संलग्न चिकित्सहरुसँग उहाँको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा