काठमाडौँ-नेपाली कांग्रेसको पदाधिकारी मनोनयनमा विवादकाबीच सभापति शेरबहादुर देउवाले एकलौटी रूपमा आफूपक्षीय नेताहरूलाई मात्र मनोनयन गरेका छन् । शुक्रबार देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा प्रकाशशरण महत मनोनीत गरेका हुन् ।
मनोनयन भएका तीनै जना पदाधिकारी सभापति देउवा पक्षका हुन् । कांग्रेसका निर्वाचित पदाधिकारी एवं सदस्यको शुक्रबार बसेको बैठकमा पार्टी सभापति देउवाले उनीहरुको नाम प्रस्ताव गरेपछि बैठकले अनुमोदन गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले देउवाले एकलौटी गरेपछि उक्त निर्णयप्रति असहमति जनाएको बताइएको छ ।
कांग्रेसको विधान २०१७ को दफा २१ मा ८५ सदस्यीय केन्द्रीय समिति गठनको व्यवस्था छ । त्यसमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्षसहित ६४ जना निर्वाचित हुने र बाँकी सभापतिले मनोनयन गर्ने प्रावधान छ ।
विधानको सोही प्रावधानअनुसार सभापति देउवाले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनीत गरेका हुन् ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा