
सुरुङ्गा, झापा, २१ वैशाख – सरकारले गत चैत १८ गते जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात सञ्चालन अवरुद्ध पारेका झापाका सात यातायात व्यवसायी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मेची बस व्यवसायी संघका अध्यक्ष मोहनप्रसाद उप्रेती, हिमाल यातायात संघका कार्यबाहक अध्यक्ष भूपाल ओली, सगरमाथा यातायात प्रालिका अध्यक्ष खगेन्द्र उप्रेती, निर्देशक बुद्ध तिवारी, सदस्य राजकुमार पाण्डे, श्याम थापा र पूर्वी बस व्यवसायी संघका अध्यक्ष केशव गिरी रहेका छन् ।
उनीहरुलाई गृह मन्त्रालयको निर्देशनमा पक्राउ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिनुभयो । पक्राउ परेका सातैजनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको नियन्त्रणमा राखिएको प्रहरी निरीक्षक राईले बताउनुभयो ।
यता बिहानैदेखि सार्वजनिक यातायात नचल्दा झापासहित पूर्वको जनजीवन प्रभावित छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुण्यप्रसाद (सरोज) सिटौला पक्राउ परेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा भाग लिन जाने क्रममा सिटौलालाई भृकुटीमण्डपबाट पक्राउ गरिएको हो ।
गृहमन्त्रीको आदेशपछि सादा पोशाकमा खटिएको प्रहरी टोलीले महासचिव सिटौलालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेलले जानकारी दिनुभयो । उनलाई अहिले महानगरीय प्रहरी परिसर काठमाडौँमा लगिएको छ ।
यातायात व्यवसायी संस्थाहरुको आह्वानमा सवारी साधन घर ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिएका व्यावसायिक संस्थाका नेतालाई स्थानीय प्रशासनले कारवाही थालेको छ ।
सरकारले हालै जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका व्यवसायीले आज आ–आफ्ना सवारी साधन रोकेर आन्दोलनमा उत्रिएपछि व्यवसायीलाई प्रहरीले पक्राउ गर्न थालेको छ ।
प्रहरीले पश्चिम नेपाल बस व्यवसायी समितिका उपाध्यक्ष जीवनकुमार बन्जाडे र महासचिव पद्म गाहा मगरलाई पक्राउ गरेको छ ।
समितिका उपाध्यक्ष बन्जाडेलाई बुटवल ट्राफिकचोकस्थित आफ्नै टायर पसल नजिकै चिया पिउँदै गरेको अवस्थामा र महासचिव गाहालाई बुटवल उपमहानगरपालिका वडा नं ७ स्थित आफ्नै निजी निवासबाट इलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो ।
प्रहरी उपरीक्षक ज्ञवालीका अनुसार पक्राउ परेका व्यवसायीलाई आवश्यक सेवा सञ्चालन ऐन, २०१४ अनुरुप कारवाही अगाडि बढाइने छ । ऐनमा छ महिना कैदसम्म गर्न सकिने व्यवस्था रहेको छ भने हडताल गर्न उक्साउनेलाई एक वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ ।
फलेवास, पर्वत, २१ वैशाख – धौलागिरि यातयात बस व्यवसायी सञ्चालक समितिका महासचिव ख्याम लामिछानेलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ ।
गृह मन्त्रालयले सिन्डीकेट चलाउने समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएलगत्तै लामिछानेलाई कुस्माबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिलीप घिमिरेले जानकारी दिनुभयो । धौलागिरि अञ्चल यातयात बस व्यवसायी समितिअन्तर्गत चार सय गाडी सञ्चालित छन् । समितिले संस्थागत विरोधका लागि आफ्ना गाडी घरमा राखेको छ । उनीहरुले समितिका गाडी नचलाए पनि अन्य सवारी चलाउन भने अवरोध नगरेको प्रतिक्रिया दिए ।
लामिछानेलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । यस क्षेत्रका करीब छ व्यवसायीले यातायात ठप्प पार्दा सर्वसाधारण समस्यामा परेका छन् ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग