जनकपुरधाम-यही वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिने नागरिक अभिनन्दनस्थल बाह्रबिघा रङ्गभूमिमा तीव्रताका साथ कार्य भइरहेको छ ।
संघ, प्रदेश र स्थानीय सरकारबाट जानकी मन्दिरदेखि बाह्रभूमिसम्म सौन्दर्यकरणको कार्य युद्धस्तरमा भइरहेको छ । दुई दिनअधि अबिरल वर्षाले बाह्रबिधा जलमग्न भएपछि पानी निकास गरी मञ्च व्यवस्थापन र पण्डाल निर्माणको कार्य अघि बढाइएको छ । त्यस्तै जानकी मन्दिरदेखि बाह्रबिघासम्मका पर्खालमा मिथिला सभ्यता र संस्कृति झल्किने मिथिला कला बनाउने कार्य पनि तीव्र रूपमा भइरहेको छ ।
यसैबीच भारतीय राजदूत मञ्जित पुरी लगायत भारतीय सुरक्षा अधिकारी र परराष्ट्र मन्त्रालयको उच्च पदाधिकारीको टोलीले बाह्रबिघाको स्थलगत अवलोकन गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतका अनुसार टोलीले बाह्रबिघामा हेलिकप्टर अवतरणमा समस्या आउनसक्ने भएकाले हेलिकप्टर जनकपुर विमानस्थलमा अवतरणको सुझाव दिएको छ ।
टोलीले बिहीबार बाह्रबिघाको विभिन्न स्थलमा परीक्षण गर्दा धुलोमय भएका कारण जनकपुर विमानस्थलमा हेलिकप्टर अवतरणको सुझाव दिएको उनले बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पटनाबाट हेलिकप्टरमा जनकपुरधाम आउने कार्यक्रम छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतको तयारीका लागि बिहीबार जनकपुरमा विशेष सरसफाइमा सांसद राजेन्द्र महतो र प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतलगायत सहभागी भएका थिए ।
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
नेपालको प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार