
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को नवनिर्वाचित नेतृत्व हकअधिकारका विषयमा ध्यानाकर्षण गराउँदै । तस्बिर – प्रदीपराज वन्त, रासस
काठमाडौँ, २० वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा वाम गठबन्धनको सरकार बनेकाले अब श्रमिकले आफ्नो हकअधिकारका लागि आन्दोलन गर्नु नपर्ने बताउनुभएको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को नवनिर्वाचित नेतृत्वले श्रमिकका हकअधिकारका विषयमा आज प्रधानमन्त्री निवास बालुवाटारमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले श्रमिकका हकअधिकार स्थापित हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकारले श्रमिक वर्गकै हकहितमा काम गर्न खोजिरहेकाले अब आन्दोलन गर्न नपर्ने आश्वस्त पार्नुभएको महासंघका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठले आफूहरुले श्रम ऐनको कार्यान्वयन हुनुपर्ने, श्रमिकको तलब वृद्धि हुनुपर्ने, विगतका सहमतिको पालना हुनुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराउनुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]