
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को नवनिर्वाचित नेतृत्व हकअधिकारका विषयमा ध्यानाकर्षण गराउँदै । तस्बिर – प्रदीपराज वन्त, रासस
काठमाडौँ, २० वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा वाम गठबन्धनको सरकार बनेकाले अब श्रमिकले आफ्नो हकअधिकारका लागि आन्दोलन गर्नु नपर्ने बताउनुभएको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को नवनिर्वाचित नेतृत्वले श्रमिकका हकअधिकारका विषयमा आज प्रधानमन्त्री निवास बालुवाटारमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले श्रमिकका हकअधिकार स्थापित हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकारले श्रमिक वर्गकै हकहितमा काम गर्न खोजिरहेकाले अब आन्दोलन गर्न नपर्ने आश्वस्त पार्नुभएको महासंघका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठले आफूहरुले श्रम ऐनको कार्यान्वयन हुनुपर्ने, श्रमिकको तलब वृद्धि हुनुपर्ने, विगतका सहमतिको पालना हुनुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराउनुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक