काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीबाट सरकारको नीति तथा कार्यक्रम आगामी जेठ १ गते प्रस्तुत हुने भएको छ । प्रतिनिधिसभाको दोस्रो अधिवेशनको पूर्वसन्ध्यामा सभामुख कृष्णबहादुर महराले बुधबार पत्रकार सम्मेलन आयोजना गरी जेठ पहिलो साता सरकारको नीति तथा कार्यक्रममाथि छलफल भई पारित गर्ने सदनको कार्यक्रमबारे जानकारी गराए ।
राष्ट्रपति भण्डारीले संघीय संसद्को द्वितीय अधिवेशन यही वैशाख २३ गतेका लागि आह्वान गरेकी छन् । उक्त अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको बैठक वैशाख २३ गते अपराह्न ४ बजे प्रारम्भ हुने र बैठकमा अधिवेशन अघि जारी अध्यादेश प्रस्तुत हुने महराले बताए ।
सभामुख महराले बैशाख २४ देखि २६ गतेभित्र नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि सिद्धान्त र प्राथमिकतामाथि छलफल, संशोधन प्रस्तुत गर्ने अवधि र पारित गर्ने साथै पहिलो बैठकमा प्रस्तुत भएका अध्यादेश स्वीकृत गरिने जानकारी गराए ।
वैशाख २६ गतेदेखि तीन दिनसम्म (प्रि बजेट) विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थमन्त्रीबाट प्रस्तुत गर्ने र सभामा छलफल गर्ने जानकारी गराउँदै उनले भने, ‘जेठ १५ गते संविधानबमोजिम राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने, जेठ १७ गते बजेटमाथि सैद्धान्तिक छलफल गर्ने, अर्थमन्त्रीबाट जवाफ दिने कार्यक्रम छ ।’
संसद्मा जेठको अन्तिम सातादेखि असार तेस्रो सातासम्म विनियोजन विधेयक प्रस्तुत गरी सबै मन्त्रालयका शीर्षकगत छलफल गर्ने र विनियोजन तथा उक्त विधेयकसँग आश्रित अन्य विधयेक पारित गरिने छ ।
असारको अन्तिम सातादेखि सदनमा प्राप्त संविधान कार्यान्वयनसम्बन्धी विभिन्न विधेयकमाथि छलफल गर्ने र दर्ता हुन आएका सार्वजनिक महत्वका प्रस्ताव, संकल्पलगायतका प्रस्तावमाथि छलफल हुने सभामुख महराले बताए ।
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक