काठमाडौँ-भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भारतको पटनाबाट सिधै जनकपुर आउने भएका छन् ।
यही वैशाख २८ देखि हुने तय भएको नेपालको औपचारिक भ्रमणका क्रममा उनी सिधै जनकपुर अाउनेछन् ।
सो दिन मोदी सवार विमान धनुषाको जनकपुरस्थित बाह्र बिघामा अवतरण हुनेछ । त्यहाँ नेपाल सरकारका एक वरिष्ठ मन्त्रीले स्वागत गर्ने र त्यसपछि धार्मिकस्थल जानकी मन्दिरमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओली र मोदीले संयुक्त रुपमा रामायण परिपथको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए ।
परिपथको उद्घाटनपछि प्रधानमन्त्री ओली काठमाडौँ फर्कने र भारतीय प्रधानमन्त्री मोदी नागरिक अभिनन्दनमा रहनेछन् । मोदीको भ्रमणको विस्तृत कार्यतालिका परराष्ट्र मन्त्रालयबाट सार्वजनिक हुन बाँकी छ ।
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक