काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रसँग एकतापछिको महाधिवेशनमा नेतृत्वबारे अहिले नै घोषणा गर्न नसकिने बताएका छन् ।
काठमाडौंमा मंगलबार भएको साक्षात्कार कार्यक्रममा अहिले समान अस्तित्वका आधारमा पार्टी एकता हुने तर भविष्यमा फलानो अध्यक्ष हुन्छ भनेर घोषणा गर्न नमिल्ने स्पष्ट पार्दै उनले भने, “कुनै डाइनेष्टीमा पहिल्यै उत्तराधिकारी घोषणा हुन्छ । लोकतान्त्रिक पार्टीमा यस्तो हुँदैन । जो पनि अध्यक्ष हुन सक्छ । अरु नेता र कार्यकर्ताको व्यवस्थापन हुनुपर्छ ।”
राजनीतिक दस्तावेज तयार भइसकेको तर संगठनको गणित र साझा मनोविज्ञान मिलाउन बाँकी रहेको उल्लेख गर्दै सचिव भटृराईले भने, “विगतमा अल्मलिएर होइन आगामी बाटोलाई प्राथमिकताका साथ जान हामीबीच कुनै विमति छैन । यहाँ कति हिस्सा भन्ने समस्या पनि छैन, एकता भएपछि दुवै पक्षलाई सिंगो पार्टी र शतप्रतिशत सबैको हुन्छ । पचास वा अरु प्रतिशतमा अल्मलिनु पर्दैन ।”
उनले भारतसँगको सम्बन्ध सुधार्दै सरकारले समृद्धि र स्थिरताको खाका ल्याउनु सकारात्मक विषय भएको बताए ।
नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले निर्वाचनमा पराजयको समीक्षा गर्दै आफ्नो चुनौतीलाई सामनासहित कांग्रेस अघि बढ्ने बताए । उनले आफूहरु लोकतान्त्रिक पार्टी भएकाले विवादहरु भए पनि त्यसको व्यवस्थापन गर्दै यही वैशाख २१ गतेको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति शेरबहादुर देउवाले रिक्त पदाधिकारीको मनोनयन गर्ने जानकारी दिए ।
नेकपा माओवादी केन्द्रका सांसद रामनारायण बिँडारीले समाजवादउन्मुख संविधानलाई कार्यान्वयन गर्दै मुलुकको आर्थिक समृद्धिका लागि वर्तमान सरकारले काम गर्नुपर्ने र समाजवादको आधार तय गर्न पार्टी एकीकरण हुन लागेको बताए ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक