काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले बौद्ध धर्मका प्रणेता गौतम बुद्धबारे गलत प्रचारप्रसार नगर्न आग्रह गरेका छन् ।
दुई हजार ५६२ औं बुद्ध जयन्तीका अवसरमा बुद्धजयन्ती समारोह समिति, आनन्दकुटी विहार स्वयम्भूद्वारा यहाँ सोमबार आयोजित सार्वजनिक बौद्धसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “कतिपय देशका विद्यालय र कलेजका कोर्षमा गौतमबुद्धबारे गलत पढाइ भइरहेको छ, त्यसो गर्नु राम्रो होइन, सच्याउनुपर्छ ।”
उनले आज पनि गौतमबुद्धका विचार, शिक्षा र उपदेशको उत्तिकै महत्व र उपयोगी रहेको बताए ।
अर्को प्रसङ्गमा उनले धरहरा, रानीपोखरी, काष्ठमण्डपलगायत सांस्कृतिक सम्पदालाई पुरानै शैलीमा तर बलियो ढंगबाट जतिसक्दो चाँडो निर्माण गर्ने सरकारको योजना रहेको जानकारी दिए ।
समारोह समितिका महासचिव संघरत्न शाक्यले बुद्ध शिक्षाबारे विद्यालयस्तरको पाठ्यपुस्तकमा नै समावेश गर्नुपर्नेमा जोड दिए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]