काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले बौद्ध धर्मका प्रणेता गौतम बुद्धबारे गलत प्रचारप्रसार नगर्न आग्रह गरेका छन् ।
दुई हजार ५६२ औं बुद्ध जयन्तीका अवसरमा बुद्धजयन्ती समारोह समिति, आनन्दकुटी विहार स्वयम्भूद्वारा यहाँ सोमबार आयोजित सार्वजनिक बौद्धसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “कतिपय देशका विद्यालय र कलेजका कोर्षमा गौतमबुद्धबारे गलत पढाइ भइरहेको छ, त्यसो गर्नु राम्रो होइन, सच्याउनुपर्छ ।”
उनले आज पनि गौतमबुद्धका विचार, शिक्षा र उपदेशको उत्तिकै महत्व र उपयोगी रहेको बताए ।
अर्को प्रसङ्गमा उनले धरहरा, रानीपोखरी, काष्ठमण्डपलगायत सांस्कृतिक सम्पदालाई पुरानै शैलीमा तर बलियो ढंगबाट जतिसक्दो चाँडो निर्माण गर्ने सरकारको योजना रहेको जानकारी दिए ।
समारोह समितिका महासचिव संघरत्न शाक्यले बुद्ध शिक्षाबारे विद्यालयस्तरको पाठ्यपुस्तकमा नै समावेश गर्नुपर्नेमा जोड दिए ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता