
प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरिएको २५६२ औँ बुद्ध जयन्ती समारोहमा मन्तव्य व्यक्त गर्नुहुँदै । तस्वीर- भरत केसी, लुम्बिनी, रासस
रुपन्देही, १७ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
२५६२ औं बुद्ध जयन्तीको अवसरमा आज लुम्बिनीमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यो ठाउँ हेर्दा पनि पवित्र, सुन्दा पनि पवित्र र सुगन्ध पनि पवित्र हुने ठाउँका रुपमा स्थापित गर्न चाहन्छौँ भन्नुभयो ।
प्रधानमन्त्री ओलीले लुम्बिनी वनलाई सुन्दर र बास्नादार ज्ञानले भरिपूर्ण प्राकृतिक सौन्दर्ययुक्त ‘मौरीको आहारा पाउने’ थलोका रुपमा विकास गर्ने उल्लेख गर्नुभयो । कमजोरी, खराबी र विकृति हटाउने विषयलाई बुद्धले कहिल्यै स्वीकार नगरेको बताउँदै उहाँले भन्नुभयो, “अहिले पनि बुद्धका विचार सान्दर्भिक, महत्वपूर्ण र कालजयी छन् ।”
बुद्ध लुम्बिनीमा जन्मेको विषयमा बहस गर्न नपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बुद्धसँग सम्बन्धित देवदह, तिलौराकोट र रामग्राम क्षेत्रको विकास गर्न सरकार कटिबद्ध रहेको बताउनुभयो ।

बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरिएको २५६२ औँ बुद्ध जयन्तीका अवसरमा सोमबार निकालिएको शान्ति रयालीमा बुद्धको मुर्ति बोकेर परिक्रमा गराइँदै । तस्वीर- भरत के.सी., रासस, लुम्बिनी
प्रधानमन्त्री ओलीले भन्नुभयो, “लुम्बिनी तीर्थस्थल, पर्यटकीयस्थल र अध्ययनस्थल मात्रै होइन, ज्ञानभूमि, तपोभूमि, देवभूमि पनि हो ।”
प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनीलाई स्थानीय जनतासँग जोड्न नसकेको तथ्य स्वीकार गर्दै बुद्धले मानव जातिको विकासका लागि नयाँ दर्शन प्रतिपादन गरेको बताउनुभयो ।
बुद्धसँग सम्बन्धित क्षेत्र तिलौराकोट, देवदह, रामग्रामको एकीकृत विकासमा जोड दिँदै उहाँले बुद्ध जयन्तीलाई प्रदेशको राष्ट्रिय पर्वको रुपमा मनाउन चाहन्छौँ भन्नुभयो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले लुम्बिनी विकास कोषका चार उत्कृष्ट कर्मचारी, दुई अति उत्कृष्ट कर्मचारी र एक सर्वोत्कृष्ट कर्मचारीलाई सम्मान गर्नुभएको थियो । उत्कृष्ट कर्मचारीलाई रु १० हजार, अति उत्कृष्ट कर्मचारीलाई रु २० हजार र सर्वोत्कृष्ट कर्मचारीलाई रु ३० हजार नगद प्रदान गरिएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अध्यक्षतामा भएको उक्त समारोहको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो ।
प्रधानमन्त्री ओली शान्ति रयालीमा सहभागी

प्रधानमन्त्री ओली लुम्बिनी विकास कोषले सोमबार बिहान लुम्बिनीमा आयोजना गरेको शान्ति रयालीमा सहभागी हुनुहुँदै । तस्बिर सौजन्य- प्रधानमन्त्री निजी सचिवालय, रासस
प्रधानमन्त्री ओली बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले आज बिहान आयोजना गरेको शान्ति रयालीमा सहभागी हुनुभएको छ ।
लुम्बिनीबाट शुरु भएको शान्ति रयालीमा करीब २० मिनेट प्रधानमन्त्री सहभागी हुनुभएको थियो । रयालीमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, देश विदेशबाट आउनु भएका बौद्ध भिक्षु र बौद्ध विद्वानहरु,पूर्वसांसद राजन भट्टराईलगायत पनि सहभागी हुनुहुन्थ्यो ।
त्यसअघि प्रधानमन्त्रीले मायादेवीस्थित मायादेवी मन्दिर, अशोक स्तम्भ, लिटिल बुद्ध र शान्तिद्वीपको अवलोकन गर्नुभएको थियो ।
आइतबार अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन लुम्बिनी आउनुभएका प्रधानमन्त्री आज नै काठमाडौँ फर्कने कार्यक्रम छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]