काठमाडौं-३३ किलो सुन तस्करी प्रकरणमा अनुसन्धानमा तानिएका नेपाल प्रहरीका डिएसपी प्रजित केसी पक्राउ परेका छन् । आइतबार केसीलाई मोरङमा बयानपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
केसीले अपराध महाशाखाको टोलीको नेतृत्व गर्दै सुन तस्करहरुले हत्या गरेका सनम शाक्यको शव विराटनगरको पोखरियाबाट बरामद गरेका थिए । कार्यक्षेत्र नाघेर शंकास्पद भूमिका खेलेको भन्दै यसअघि अपराध महाशाखाका प्रमुख दिवेस लोहनी, डिएसपी केसी र सईद्धय बालकृष्ण सन्जेल र गजेन्द्र रावललाई अपराध महाशाखाबाट फिर्ता बोलाइएको थियो ।
त्यसपछि केन्द्रमा रहेका केसीलाई घटनाको छानविन गर्न गठित समितिले बयानका लागि बिराटनगर बोलाएको थियो । उनी बयानका लागि शुक्रबार विराटनगर गएका थिए ।
आइतबार बयानबाट सन्तुष्ट नभएपछि छानविन समितिको आदेशमा प्रहरीले नियन्त्रणमा लिएको उच्च प्रहरी स्रोतको भनाइ छ । यसअघि अपराध महाशाखाका सईद्धय रावल र सन्जेललाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
तीन जनाको शंकास्पद ज्यान जाने गरी भएको उक्त सुनकाण्डमा एक पूर्व डिआईजी गोविन्द निरौला, मकवानपुरका एसपी विकासराज खनाल पक्राउ परिसकेका छन् । यस्तै, एसपी श्याम खत्री फरार छन् भने अर्का डिएसपी सन्जय राउतसँग प्रहरीले बयान लिइरहेको छ ।
गत माघ ९ गते त्रिभुवन विमानस्थलबाट काठमाडौं भित्रिएको ३३ केजी तस्करीको सुन बाटैमा हराएपछि सुन तस्करहरुले सनम शाक्यको करेन्ट लगाएर हत्या गरेका थिए । त्यसपछि उक्त सुनकाण्डमा तानिने हाइ प्रोफाइलसहितको संख्या निरन्तर बढ्दो छ । अहिलेसम्म २८ जना पक्राउ परिसकेका छन् भने ३८ जनाको बैंक खाता रोक्का गरेर प्रहरीले खोजी गरिरहेको छ ।
सुन तस्करीका मुख्य नाइके भनिने चुडामणि उप्रेती गोरे भने फरार छन् । उनीमाथि डिफ्युजन नोटिस जारी गरेर प्रहरीले खोजी गरिरहेको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार