
लन्डन । चलचित्र ‘शत्रु गते’ को वहुचर्चित गीत ‘रुपै मोहनी…’ का गायक टंक बुढाथोकीको स्वर एवं संगीत रहेको ‘किन
हेरयौ फर्किएर…’ बोलको गीतमा म्यूजिक भिडियो तयार भएको छ ।
लन्डनमा यसै साता आयोजित इनास यूरोप सम्मेलनको विशेष अवसर पारी वरिष्ठ संगीतकार एवं गायक किरण प्रधान र इनास ग्लोवल अध्यक्ष पुष्प बरुवालले संयुक्त रुपमा उक्त भिडियो सार्वजनिक गरेका हुन् ।
उक्त भिडियो करिब ३५ हजारले हेरिसकेका छन् । भिडियो निर्देशन, छायांकन तथा सम्पादन सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका हुन् । म्यूजिक भिडियोमा लन्डनका दृश्य समावेश छ ।
अध्यापन पेशामा संलग्न सर्वेन्द्र अधिकारीले उक्त गीत लेखेका हुन् र भिडियोमा अधिकारी आफैं पहिलो मिसेस नेपाल यूके आस्था जोशीसंग अभिनय गरेका छन् । मिसेस नेपाल यूके आस्था पहिलो पटक निर्देशक कुशल श्रेष्ठसंग म्यूजिक भिडियोमा काम गर्न पाएर दंग छिन् । विगत दश वर्षदेखि स्थायी रुपमा बेलायत बस्दै आएका सर्वेन्द्रको रेकर्डिङ गरिएको यो पहिलो गीत हो ।
भिडियोमा सह निर्देशन विष्णु श्रेष्ठ, सह छायांकन विकेश राज बस्नेत तथा मेकअप दिपिका श्रेष्ठको छ ।
हेर्नुहोस् भिडियो-
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी