काठमाडौँ १४ वैशाख – नेपालको कुटनीति र विकासका क्षेत्रमा काम गर्न फ्रान्सका लागि पूर्व नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठको अध्यक्षतामा कुटनीति र विकास केन्द्र ‘सेन्टर फर डिप्लोम्यासी एण्ड डेभ्लपमेन्ट’ (सीडीडी) गठन गरिएको छ ।
गैर नाफामूलक उक्त संस्थाले सरकारलाई गैरसरकारी बौद्धिक समूह (थिंक ट्यांक) का रुपमा सुझाव दिने अध्यक्षले श्रेष्ठले बताउनुभयो ।
उक्त संस्थामा सदस्यको रुपमा पूर्व परराष्ट्र सचिव तथा संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव ज्ञानचन्द्र आचार्य, पूर्वशिक्षा सचिव शंकरप्रसाद पाण्डे, डा गंगाबहादुर थापा, अनिता जधारी, अरुण रञ्जित, हेमन्त कक्षपति, खेमराज लकाइ, नवराज पाण्डे, डा प्रमोद जैसवाल, श्रीराम लामिछाने, सुरेन्द्र शाक्य, शान्तिलक्ष्मी शाक्य र मित्रबन्धु पौडेल रहनुभएको छ ।
उहाँले संस्थाले बौद्धिक व्यक्तित्वबीच अन्तरक्रिया बढाउने, आफ्ना अनुभवमा आधारित भएर सरकारलाई सुझाव दिने र यही क्षेत्रमा अध्ययन–अनुसन्धानलाई केन्द्रमा राखेर काम गर्ने उद्देश्यले संस्था स्थापना गरेको जानकारी गराउनुभयो ।
संविधान निर्माण, यसको कार्यान्वयन र तीनै तहको निर्वाचन सम्पन्न भएका कारण राजनीतिक स्थिरता आएकाले अब विकासले प्राथमिकता पाउनुपर्ने बेलामा अन्तर्राष्ट्रिय क्षेत्रमा सरकारका काममा आफ्नो संस्थाले सहयोग गर्ने पुरयाउने समेत अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]