काठमाडौँ, १४ वैशाख – अन्तर्राष्ट्रिय उडानमा केही अवरोध आएका कारण राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको यात्रु संख्या घटेको छ ।
लामो समयको अन्तरालपछि अघिल्लो वर्ष निगमको यात्रु संख्या तथा व्यापार राम्रो रहे पनि आव २०७४-७५ मा कमी आएको हो ।
निगमको तथ्यांकअनुसार आव २०७४-७५ को आठ महिनामा अन्तर्राष्ट्रिय उडानतर्फ एक लाख १८ हजार यात्रु पुगेका छन् अघिल्लो आवको सोही अवधिमा एक लाख ४५ हजार यात्रु पुगेका थिए । तुलनात्मक रुपमा यो संख्या २७ हजारले कमी हो । आव २०७२-७३ को आठ महिनामा एक लाख २४ हजार यात्रु थिए ।
आव २०७३-७४ मा चार लाख २१ हजार यात्रु पुगेका थिए भने आव २०७२-७३ मा जम्मा तीन लाख ४४ हजार यात्रुले निगमको विमान चढेका थिए ।
यस्तै आन्तरिक उडानतर्फ भने निगमका यात्रु बढेका छन् । आव २०७४-७५ को आठ महिनामा २९ हजार यात्रु पगेका छन् भने अघिल्लो वर्षको समीक्षा अवधिमा २८ हजार यात्रुले निगमको विमान यात्रा गरेका थिए । आव २०७२-७३ मा जम्मा १३ हजार यात्रुले निगमको विमान चढेका थिए ।
अन्तर्राष्ट्रिय उडानमा विमान कम हुनु र भएको एक बोइङ पनि इञ्जिन बिग्रिएर मर्मत गर्न झण्डै दुई महिना लागेका कारण यात्रुको संख्यामा कमी आएको निगमको भनाइ छ ।
अन्तरराष्ट्रिय उडानका लागि निगमले दुई वाइडबडी विमान खरिद गरेर ल्याउँदैछ । आगामी जेठको अन्तिम साताभित्र पहिलो विमान आउने र असारदेखि सेवा शुरु गर्ने निगमको तयारी छ ।
निगमले अन्तर्राष्ट्रियतर्फ एक बोइङ कलसाइन नाइन एन एसिए ७५७ विमान र दुई एयरबस ए–३२० बाट उडान भर्दै आएको छ । निगमका दुईवटा बोइङमध्ये अर्को नाइन एसिबी ७५७ विमान लिलाममा बिक्री भइसकेको छ ।
अन्तर्राष्ट्रियतर्फ विभिन्न मुलुकका आठ वटा गन्तव्यमा नियमित उडान भर्दै आएको निगमले आन्तरिक उडानमा नौवटा विमानबाट विभिन्न २३ गन्तव्यमा उडान गरिरहेको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अभिनयतर्फ गायन समीर श्रेष्ठ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक