भक्तपुर- देशभर वैशाख १४ गतेदेखि शुरु हुने माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ र वैशाख ३० गतेबाट शुरु हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले बिहिबार भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै बिहान ७ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन हुने बताए ।
साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेट वृद्धि एवं आंशिकतर्फको परीक्षाका लागि देशभरका एक हजार ५१ परीक्षा केन्द्र निर्धारण गरिएको छ जसमध्ये सबैभन्दा बढी काठमाडौँमा ११४ र सबैभन्दा कम मनाङ र मुस्ताङमा एक-एक वटा परीक्षा केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए ।
देशभरका तीन हजार ९१२ विद्यालयका कक्षा १२ र ११ मा गरी कूल नौ लाख ६६ हजार २१० परीक्षार्थी परीक्षामा सहभागी हुनेछन् । जसअन्तर्गत कक्षा १२ मा दुई लाख आठ हजार २७६ छात्र र दुई लाख छ हजार ९७५ छात्रा गरी कूल चार लाख १५ हजार २५२ परीक्षार्थी एवं कक्षा ११ तर्फ दुई लाख ६३ हजार १६८ छात्र र दुई लाख ८७ हजार ७९१ छात्रा गरि कूल पाँच लाख ५० हजार ९५८ परीक्षार्थी सहभागी हुनेछन् ।
सबैभन्दा बढी परीक्षार्थी काठमाडौँबाट कक्षा ११ मा ७४ हजार १२७ र कक्षा १२ मा ६१ हजार ९२६ तथा सबैभन्दा कम मनाङमा कक्षा ११ र १२ मा ८८-८८ जना परीक्षार्थी सहभागी हुनेछन् ।
परीक्षामा एक हजार ५१ केन्द्राध्यक्ष, एक हजार ८८८ सहायक केन्द्राध्यक्ष, २० हजार ८६३ निरीक्षक, एक हजार ६० परीक्षा केन्द्रमा खटिने कर्मचारी, दुई हजार १२० कार्यालय सहयोगी, १२ हजार ७२० सुरक्षाकर्मी गरी कूल ३९ हजार ७०२ जनशक्ति परिचालन गरिनेछ ।
कक्षा १२ को परीक्षा आगामी २७ गतेसम्म र कक्षा ११ को परीक्षा वैशाख ३० गते शुरु भई जेठ २९ गतेसम्म सञ्चालन हुनेछ ।
परीक्षा नियन्त्रक डम्बर बतासले परीक्षा सम्पन्न भएको ९० दिनभित्रै नतिजा सार्वजनिक गर्ने तयारी गरेको बताउँदै परीक्षामा मोबाइल फोन लैजान निषेध गरिएको, सूचना आदानप्रदान गर्न परीक्षा कन्ट्रोल रुमको व्यवस्था गरिएको, कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका लागि परीक्षाको विशेष व्यवस्था गरिएको, कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था मिलाइएको जानकारी दिए ।
परीक्षामा अमर्यादित काम गरेको पाइए छ महिना कैद र रु एक लाखसम्म जरीवाना हुने व्यवस्था गरिएको छ । उनले परीक्षालाई स्वच्छ, मर्यादित, अनुशासित, व्यवस्थित र विद्यार्थीमैत्री बनाउन सबै पक्षसँग सहयोगका लागि आग्रह गरे ।
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त