भक्तपुर- देशभर वैशाख १४ गतेदेखि शुरु हुने माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ र वैशाख ३० गतेबाट शुरु हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले बिहिबार भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै बिहान ७ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन हुने बताए ।
साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेट वृद्धि एवं आंशिकतर्फको परीक्षाका लागि देशभरका एक हजार ५१ परीक्षा केन्द्र निर्धारण गरिएको छ जसमध्ये सबैभन्दा बढी काठमाडौँमा ११४ र सबैभन्दा कम मनाङ र मुस्ताङमा एक-एक वटा परीक्षा केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए ।
देशभरका तीन हजार ९१२ विद्यालयका कक्षा १२ र ११ मा गरी कूल नौ लाख ६६ हजार २१० परीक्षार्थी परीक्षामा सहभागी हुनेछन् । जसअन्तर्गत कक्षा १२ मा दुई लाख आठ हजार २७६ छात्र र दुई लाख छ हजार ९७५ छात्रा गरी कूल चार लाख १५ हजार २५२ परीक्षार्थी एवं कक्षा ११ तर्फ दुई लाख ६३ हजार १६८ छात्र र दुई लाख ८७ हजार ७९१ छात्रा गरि कूल पाँच लाख ५० हजार ९५८ परीक्षार्थी सहभागी हुनेछन् ।
सबैभन्दा बढी परीक्षार्थी काठमाडौँबाट कक्षा ११ मा ७४ हजार १२७ र कक्षा १२ मा ६१ हजार ९२६ तथा सबैभन्दा कम मनाङमा कक्षा ११ र १२ मा ८८-८८ जना परीक्षार्थी सहभागी हुनेछन् ।
परीक्षामा एक हजार ५१ केन्द्राध्यक्ष, एक हजार ८८८ सहायक केन्द्राध्यक्ष, २० हजार ८६३ निरीक्षक, एक हजार ६० परीक्षा केन्द्रमा खटिने कर्मचारी, दुई हजार १२० कार्यालय सहयोगी, १२ हजार ७२० सुरक्षाकर्मी गरी कूल ३९ हजार ७०२ जनशक्ति परिचालन गरिनेछ ।
कक्षा १२ को परीक्षा आगामी २७ गतेसम्म र कक्षा ११ को परीक्षा वैशाख ३० गते शुरु भई जेठ २९ गतेसम्म सञ्चालन हुनेछ ।
परीक्षा नियन्त्रक डम्बर बतासले परीक्षा सम्पन्न भएको ९० दिनभित्रै नतिजा सार्वजनिक गर्ने तयारी गरेको बताउँदै परीक्षामा मोबाइल फोन लैजान निषेध गरिएको, सूचना आदानप्रदान गर्न परीक्षा कन्ट्रोल रुमको व्यवस्था गरिएको, कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका लागि परीक्षाको विशेष व्यवस्था गरिएको, कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था मिलाइएको जानकारी दिए ।
परीक्षामा अमर्यादित काम गरेको पाइए छ महिना कैद र रु एक लाखसम्म जरीवाना हुने व्यवस्था गरिएको छ । उनले परीक्षालाई स्वच्छ, मर्यादित, अनुशासित, व्यवस्थित र विद्यार्थीमैत्री बनाउन सबै पक्षसँग सहयोगका लागि आग्रह गरे ।
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]