लन्डन । नेपाली चलचित्रमा नामै काफी छ धिरेन शाक्य । एक जमानाका लोकप्रिय स्टार अचेल अभिनयभन्दा आफ्नै फिल्म प्रोडक्सन कम्पनी चलाउन व्यस्त छन् । बचेको समय चाहिं म्यूजिक भिडियोतिर ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज यूके र युरोपको संयुक्त गायन तथा नृत्य प्रतियोगितामा सहभागी हुन लन्डन आएका बेला नायक शाक्यले एउटा भिडियोमा अभिनय गर्न भ्याए ।
सोनी कार्कीको शब्द, प्रमोद प्रसाईं र सोनीको स्वर एवं रिदम कंडेलको संगीत रहेको प्रेमगीत ‘जता हेर्छु केवल तिमी…’ मा नायक शाक्यले अभिनय गरेका हुन् । उनलाई अभिनयमा इनास ग्लोवलकी वरिष्ठ उपाध्यक्ष कमला दाहालले साथ दिएकी छन् । हाल जर्मनी बस्ने कमलाले ‘सपनाको नौलो संसार’ लगायत नेपाली, तमिल र हिन्दी केही सिनेमामा भूमिका पनि गरेकी थिइन् ।
उक्त भिडियो निर्देशन, छायांकन र सम्पादन कुशल श्रेष्ठ तथा डिजाइन अन्जली केसी र कोरियोग्राफी प्रभु गुरुङको छ । भिडियो निर्माणमा मनिषकुमार श्रेष्ठ, प्रकाशराज कंडेलले पनि सहयोग गरेका थिए ।
लन्डनको मुटु लन्डन टावर ब्रीज, ग्रीनवीच आदि क्षेत्रमा छायांकन गरिएपछि नायक शाक्यले प्रतिक्रिया दिए, ‘प्राविधिक पक्ष तथा निर्देशकीय हिसावले लन्डनमा पनि कुनै कमी देखिन ।’
धिरेनले बेलायतमै एउटा फिल्म निर्माण गर्ने आफ्नो इच्छा पनि सुनाए । नेपाली चलचित्रका लागि बेलायत नयां आकर्षक गन्तव्य बन्दै गएको उनले उल्लेख गरे ।
हाल नेपालमा प्रदर्शन भइरहेको ‘लिलीबिली’ र प्रदर्शनको तयारीमा रहेको ‘हयाप्पी डेज’ बेलायतमै छायांकन गरिएका फिल्म हुन् । केही अघि अभिनेता भुवन केसी ‘कृ’ को एउटा गीत छायांकनका लागि साता दिन स्कटल्याण्ड बसेर फर्किएका थिए । उक्त फिल्म प्रदर्शन भइसकेको छ ।
लन्डन आएका बेला गत साता नायिका छुल्ठिम गुरुङले समेत म्यूजिक भिडियो खेलिन् । लन्डन बस्ने गायक सन्तोष बिकको ‘जुनी जुनी…’ बोलको गीतमा छुल्ठिमले अभिनय गरेकी हुन् जसको निर्देशन कुशलले नै गरेका थिए ।
गायिकाहरु अन्जु पन्त, शर्मिला बर्देवा, गायक आनन्द कार्की, संगीतकार शिखर सन्तोषले पनि बेलायतको रमणीय दृश्यहरुलाई आफ्नो क्रिएसनमा सजाइसकेका छन् ।
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट