काठमाडौँ-कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले नवीनतम् प्रविधिको विकाससँगै उत्पन्न जटिलताले मुद्दाको प्रकृति र प्रवृत्तिलाई समेत प्रभाव पार्दै आएको बताएका छन् ।
‘नेपाल कानून समाजद्वारा मंगलबार ललितपुरमा आयोजित ‘नयाँ संविधानमा न्यायाधीशको क्षमता अभिवृद्धि’ विषयक अन्तरक्रियामा उनले भने, ‘यसबाट न्यायको मर्म र भावना परिवर्तन हुँदै आएको देखिन्छ ।’
सीमित स्रोत साधन र जनशक्तिबाट संविधानले परिकल्पना गरेजस्तो न्यायपालिकाको प्रभावकारिता अभिवृद्धि गर्न अप्ठ्यारो रहेको बताउँदै प्रधानन्यायाधीश जोशीले न्यायाधीश स्वयंको अध्ययन र सकारात्मक दृष्टिकोणसहितको सक्रियता क्षमता अभिवृद्धिका लागि सबैभन्दा पहिलो शर्त रहेको टिप्पणी गरे ।
उनले भने, “संघीयता, समावेशीकरण, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानूनी राज्यको अवधारणा तथा लोकतान्त्रिक मूल्य मान्यताका कानून र न्यायका मान्य सिद्धान्तमा आधारित रही अदालत र न्यायिक निकायले न्याय सम्पादन गर्दै आइरहेको छ ।”
कानून तथा न्यायमन्त्री शेरबहादुर तामाङले जनताको तहबाट प्रश्न नउठ्ने गरी काम गर्न न्यायाधीशलाई सुझाव दिए । उनले भने, “जनताको हितलाई शिरमा राखेर काम गर्दा न्यायलयप्रतिको प्रश्न कम हुँदै जानेछ, न्यायलयलाई सजिलो बनाउनेतर्फ सरकारले काम गर्नेछ, विधिको शासन भनेको जनताको शासन हो भन्ने पक्षलाई हेक्का गर्न आवश्यक छ ।”
न्यायाधीश समाजका अध्यक्ष मोहनप्रकाश सिटौलाले अधिकारका नाममा अदालत प्रवेश गरेका गैरकानूनी विषयलाई वैधता प्रदान गर्ने प्रवृत्ति अन्त्य हुन आवश्यक रहेको धारणा व्यक्त गरे ।
नेपाल कानून समाजका अध्यक्ष कोमलप्रकाश घिमिरेले मुलुकको इतिहासमा न्यायलय अहिलेको जस्तो धरातलमा पुगेको अवस्था आफूले कहिल्यै अनुभव नगरेको टिप्पणी गरे ।
नेपाल बार एशोसिएसनका अध्यक्ष शेरबहादुर केसी, आयोजक संस्था नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधान, नेपालका लागि जर्मनका राजदूत रोलाण्ड सेफेरले न्यायपालिकाको संवेदनशीलता र संविधान कार्यान्वयनको विविध पक्षका बारेमा अनुभव र सुझाव प्रस्तुत गरेका थिए ।
दुईदिने उक्त कार्यक्रममा उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशको सहभागिता छ ।
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?