काठमाडौँ-कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले नवीनतम् प्रविधिको विकाससँगै उत्पन्न जटिलताले मुद्दाको प्रकृति र प्रवृत्तिलाई समेत प्रभाव पार्दै आएको बताएका छन् ।
‘नेपाल कानून समाजद्वारा मंगलबार ललितपुरमा आयोजित ‘नयाँ संविधानमा न्यायाधीशको क्षमता अभिवृद्धि’ विषयक अन्तरक्रियामा उनले भने, ‘यसबाट न्यायको मर्म र भावना परिवर्तन हुँदै आएको देखिन्छ ।’
सीमित स्रोत साधन र जनशक्तिबाट संविधानले परिकल्पना गरेजस्तो न्यायपालिकाको प्रभावकारिता अभिवृद्धि गर्न अप्ठ्यारो रहेको बताउँदै प्रधानन्यायाधीश जोशीले न्यायाधीश स्वयंको अध्ययन र सकारात्मक दृष्टिकोणसहितको सक्रियता क्षमता अभिवृद्धिका लागि सबैभन्दा पहिलो शर्त रहेको टिप्पणी गरे ।
उनले भने, “संघीयता, समावेशीकरण, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानूनी राज्यको अवधारणा तथा लोकतान्त्रिक मूल्य मान्यताका कानून र न्यायका मान्य सिद्धान्तमा आधारित रही अदालत र न्यायिक निकायले न्याय सम्पादन गर्दै आइरहेको छ ।”
कानून तथा न्यायमन्त्री शेरबहादुर तामाङले जनताको तहबाट प्रश्न नउठ्ने गरी काम गर्न न्यायाधीशलाई सुझाव दिए । उनले भने, “जनताको हितलाई शिरमा राखेर काम गर्दा न्यायलयप्रतिको प्रश्न कम हुँदै जानेछ, न्यायलयलाई सजिलो बनाउनेतर्फ सरकारले काम गर्नेछ, विधिको शासन भनेको जनताको शासन हो भन्ने पक्षलाई हेक्का गर्न आवश्यक छ ।”
न्यायाधीश समाजका अध्यक्ष मोहनप्रकाश सिटौलाले अधिकारका नाममा अदालत प्रवेश गरेका गैरकानूनी विषयलाई वैधता प्रदान गर्ने प्रवृत्ति अन्त्य हुन आवश्यक रहेको धारणा व्यक्त गरे ।
नेपाल कानून समाजका अध्यक्ष कोमलप्रकाश घिमिरेले मुलुकको इतिहासमा न्यायलय अहिलेको जस्तो धरातलमा पुगेको अवस्था आफूले कहिल्यै अनुभव नगरेको टिप्पणी गरे ।
नेपाल बार एशोसिएसनका अध्यक्ष शेरबहादुर केसी, आयोजक संस्था नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधान, नेपालका लागि जर्मनका राजदूत रोलाण्ड सेफेरले न्यायपालिकाको संवेदनशीलता र संविधान कार्यान्वयनको विविध पक्षका बारेमा अनुभव र सुझाव प्रस्तुत गरेका थिए ।
दुईदिने उक्त कार्यक्रममा उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशको सहभागिता छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता