काठमाडौँ-निर्वाचन आयोगले आइतबार राति प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको धापाखेल, ललितपुरस्थित निवासमा अज्ञात समूहले बम विस्फोटन गराएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
आयोगले सोमबार विज्ञप्ति जारी गरी भर्खरै मात्र तीन तहका निर्वाचनलगायत सम्पूर्ण निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको आयोगका प्रमुखको निवासमा भएको घटनालाई ध्यानमा राखी डा यादव र आयुक्तहरुको आवश्यक सुरक्षा व्यवस्था मिलाउन तथा प्रमुख आयुक्तको निवासमा भएको घटनाको यथाशीघ्र छानवीन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसमक्ष माग गरेको छ ।
आइतबार राति डा यादवको निवासमा विष्फोट हुँदा निजी निवासका पर्खाल, झ्याल, ढोकालगायत अधिकांश स्थानमा क्षति पुगेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
एनआरएनए यूकेको जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
बेल्जियममा मगर समुदायले भव्य रूपमा मनाए माघे सकराती
अमेरिकाको क्यालिफोर्नियामा धुमधामले मनाइयो सोनाम ल्होछार
नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन : ३ हजार ४८४ जनाले गराए उम्मेदवारी दर्ता
टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना