
लन्डन । साहित्य चौतारी यूकेले बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको नवीनतम् नियात्रासङ्ग्रह भाया साक्रामाथि लन्डनमा अन्तरक्रिया गरेको छ । कार्यक्रममा समीक्षक विजय सापकोटा, डा. रुपक श्रेष्ठ र वासु शर्माले कृतिका बारेमा आ-आफ्नो धारणा राखे ।
समालोचक विजय सापकोटाले धेरै समयपछि गहन विषयमा स्तरिय कृति नेपाली साहित्यमा आएको बताउंदै यस नियात्रासङ्ग्रहमा लेखकको अध्ययनको दायरा फराकिलो देखिएको उल्लेख गरे । उनले त्यस सङ्ग्रहबाट ज्ञान, विज्ञान, इतिहास, दर्शन आदिको अथाह जानकारी पाठकले पाउने कुरा समेत बताए ।
साहित्यकार डा. रुपक श्रेष्ठले भाया साक्रामा पोखिएको नेपाल राष्ट्र प्रेमको प्रशंसा गरे । उनले उक्त सङ्ग्रहमा डायोस्पोरिक चेत रहेको बताउंदै नियात्रासङ्ग्रहमा पनि डायोस्पोरिकता ल्याउन सक्नु लेखकको विशेष क्षमता भएको बताए ।
साहित्यकार वासु शर्माले युरोपियन देशको भ्रमणका बारेमा लेखिएको यात्रामा लेखक जतातै नेपाल खोज्दै र सम्झंदै हिंडेको सुःखद पक्षको चर्चा गर्दै भाया साक्राले शिक्षा मात्र होइन, आनन्द पनि दिने टिप्पणी गरे ।
नियात्राकार बजगाईंले आफूले विशेष मिहेनत र अनुसन्धान पश्चात भाया साक्रा लेखेको बताउंदै आगामी दिनमा अरु नयां विषयमा यस्तै खोजमूलक नियात्रा लेख्ने प्रण गरेका थिए ।
कार्यक्रममा साहित्यकार गोपी सापकोटा, दिनेश पौडेल, अर्कराज तिम्सिना, विजय हितानले पनि बोलेका थिए ।
साहित्य चौतारी यूकेले मासिक रुपमा बेलायतमा साहित्यिक अन्तरक्रिया, कविता वाचन आदि गतिविधि गर्दै आएको छ ।
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह