काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटिस सेनाबाट सेवानिवृत्त भएका भूतपूर्व गोर्खा सैनिकको माग सम्बोधनका लागि नेपाल सरकारले ब्रिटिस सरकारसँग ठोस पहल र वार्ता गर्ने बताउनुभएको छ ।
गोर्खा भूतपूर्व सैनिक संघ (गेसो), गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति लगायत आन्दोलनरत संयुक्त ब्रिटिस गोर्खा आन्दोलन समितिका टोलीसँग शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री ओलीले गोर्खाको न्यायोचित माग वार्ताको माध्यमबाट उपयुक्त ढंगले सम्बोधन गर्नका लागि सरकारले पहल गर्ने बताउनुभयो ।
गोर्खा सैनिकले उठाउँदै आएका माग सम्बोधनका लागि सरकारले ब्रिटिस सरकारसँग छलफल जारी राखेको प्रधानमन्त्री ओलीले बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।
“पूर्व गोर्खाका न्यायोचित मागलाई सम्बोधन गर्न ब्रिटिस सरकार तयार हुँदै गएको पाएको छु । यसअघि ब्रिटिस रक्षामन्त्रीले पनि गोर्खाको माग सम्बोधनका लागि ब्रिटिस सरकार तयार रहेको बताएको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रा जायज कुरालाई हामीले दोहोरयाएर, तेहेरयाएर भन्नुपर्छ, म विश्वस्त छु, वार्ताको माध्यमबाट गोर्खाको माग उपयुक्त ढंगले सम्बोधन गर्न सकिन्छ ।”
उहाँले गोर्खाको कारण ब्रिटिसले विभिन्न युद्धहरु जितेको बताउनुभयो । तर, युद्धमा बाहेक अन्य समयमा गोर्खाहरुलाई गरिएको विभेद र असमानता गरिनु दुःखद भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान