चितवनमा दुई महिनामा चार बाघ मरे

चितवनको सौराहास्थित राप्ती नदी किनारमा आइतबार विहान मृत अवस्थामा फेला परेको दुर्लभ पाटेबाघ । तस्वीर – नारायण ढुंगाना, रत्ननगर (चितवन), रासस

रत्ननगर, चितवन, ९ वैशाख – चितवनको रत्ननगरस्थित सौराहा नजिकै राप्ती किनारमा फेरि आज एउटा दुर्लभ पाटेबाघ मरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जको छेउ राप्ती किनारमा वयस्क बाघ मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । बाघ गए राति अर्को बाघसँगै जुधेर मरेको अनुमान छ । बिहान स्थानीयवासी सीता गुरौले घाँस काट्न जाने लागेका बेला बाघ मरेको देखेपछि निकुञ्जलाई खबर गर्नुभएको थियो ।

यो सँगै पछिल्लो दुई महिनाको अन्तरालमा मात्रै चितवनमा चार वटा बाघ मरिसकेको छ । “साथीहरुसँगै घाँस काट्न जाँदै थियौँ, बाघ देख्यौं अनि फर्किएर खबर गरेको,” घटनाबारे गुरौले भन्नुभयो ।

हेर्दा बाघको घाँटीमा अर्को बाघले टोकेको देखिन्छ । जुधेर नै बाघ मरेको अनुमान गरिएको चितवनको रत्ननगरस्थित बाघ संरक्षण उपसमितिका संयोजक जीतु तामाङले बताउनुभयो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री