
‘सिण्डिकेट’ अन्त्य गर्ने निर्णयमा पुनर्विचार नहुने गृहमन्त्री थापाको घोषणा
काठमाडौँ-गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक यातायात क्षेत्रको ‘सिण्डिकेट’ अन्त्य गर्ने सरकारको निर्णयमा पुनर्विचार नहुने स्पष्ट पारेका छन् ।
शनिबार गृहमन्त्रालयमा नेपाल यातायात व्यवसायी महासंघका प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै उनले आन्दोलन छोडेर सरकारको निर्णयमा सहयोग गर्न व्यवसायीलाई आग्रह गरे ।
उनले भने, “हामी केही यातायात व्यवसायीको मात्रै हित हुने सिण्डिकेटको पक्षमा छैनौँ, सबै यातायात व्यवसायीको हित हुने गरी निर्णय गरेका छौँ ।”
गत वैशाख ४ गतेको मन्त्रिपरिषद् बैठकले हाल जिल्ला प्रशासन कार्यालयमार्फत यातायात व्यवसायी समितिलाई संस्थाका रुपमा दर्ता गरिँदै आएकामा अब दर्ता तथा नवीकरण नगर्ने निर्णय गरेको थियो । अब यातायात समिति कम्पनीका रुपमा दर्ता हुनुपर्नेछ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- सोमबारदेखि बेलायत छोड्न फाराम भर्नुपर्ने, २०० पाउण्ड जरिवाना हुनसक्ने
- बेलायतमा कसरी बन्यो कोभिड–१९ बारे जानकारी दिने नेपाली भाषामा पर्चा ?
- आजदेखि बेलायत आइपुग्ने यात्रुले १० दिन होटल क्वारेन्टिनमा बस्न पर्ने
- कारोना संक्रमणका कारण प्रवासमा मृत्यु भएकाको शव नेपाल लैजाने पाइने
- गोरखा भूपू सैनिकको समस्याबारे प्राविधिक समितिको प्रतिवेदनमाथि बेलायतले नेपालसित वार्ता नगर्ने
फेसबुक