
विहिवार राति त्रिभुवन विमानस्थलवाट उडनेक्रममा धावनमार्गवाट वाहिर गएको मालिन्दो यएरको विमानलाई विमानस्थलवाट हटाएर लैजादै । तस्बिर – प्रदीपराज वन्त, रासस
काठमाडौँ, ७ वैशाख – मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमै धसिएर बन्द भएको अन्तर्राष्ट्रिय उडान आज मध्याह्नबाट चालु भएको छ ।
हिजो राति दुर्घटनामा परेको जहाजलाई तानेर त्यहाँबाट हटाएपछि अन्तर्राष्ट्रिय उडान सञ्चालन भएको विमानस्थलका महाप्रबन्धक सञ्जिव गौतमले जानकारी दिनुभयो । विमान दुर्घटना भएको १४ घण्टा पछि पुनः अन्तराष्ट्रिय उडान शुरु भएको हो ।
मालिन्दो एयरको जहाज मलेसिया उडान भर्ने क्रममा बिहीबार राति १० बजेर ७ मिनेटमा धावनमार्गबाट अनियन्त्रित भएर करिव ४० मिटरसम्म कोटेश्वरखण्डको घाँसे मैदानमा पुगेकाले सबै अन्तर्राष्ट्रिय उडान बन्द भएको थियो ।
अन्तर्राट्रिय उडान शुरु भएसँगै पहिलो प्राथमिकता हिजो राति अन्यत्र मोडिएका विमानलाई अवतरण गराइने विमानस्थलले जनाएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता