
परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली सोमबार मन्त्रालयमा पत्रकारहरुसंग कुराकानी गर्दै । तस्वीर – रोशन सापकोटा, रासस
काठमाडौँ, ३ वैशाख – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकीसँगको मैत्रीपूर्ण र सन्तुलित सम्बन्धमा प्राथमिकता दिइने बताउनुभएको छ ।
परराष्ट्र मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालको कूटनीतिक संयन्त्रलाई परिचालन गरेर सम्बन्ध विस्तार गरिने लक्ष्य रहेको बताउँदै समावेशी, प्रगतिशील, लोकतान्त्रिक मुलुकका रुपमा नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा चिनाएर आर्थिक सामाजिक विकास गरिने छ भन्नुभयो ।
सार्वभौमसत्ताको रक्षा, भौगोलिक अखण्डता र मुलुकको स्वाधीनता कायम गर्दै आर्थिक विकास र समृद्धिको गन्तव्यमा पुग्ने उद्देश्य प्रस्तुत गर्दै उहाँले मित्रराष्ट्रसँग व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार तथा विकास साझेदारसँग विश्वास र सद्भावको सम्बन्ध कायम गरी विकास र समृद्धिमा समर्थन र सहयोग जुटाइने बताउनुभयो ।
प्रधानमन्त्रीले हालै गर्नुभएको भारतको राजकीय भ्रमणबाट आपसी विश्वासलाई मजबुत बनाउन सहयोग पुगेको उहाँको भनाइ थियो । प्रदेश र स्थानीय सरकारका पदाधिकारी तथा संघीय सरकारका पदाधिकारीसँग कूटनीतिक भेटघाटलाई स्थापित अन्तर्राष्ट्रिय प्रचलनअनुकूल सहज र व्यवस्थित बनाउने प्रयास भएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।
परराष्ट्रमन्त्री चीन जाँदै
छिमेकी मित्रराष्ट्र चीनका विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज मन्त्री ज्ञवाली त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । विदेशमन्त्री वाङसँग औपचारिक द्विपक्षीय भेटघाट गर्ने र बेइजिङमा त्यहाँका उच्च राजनेतासँग भेटघाटको कार्यक्रम रहेको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । उहाँले भ्रमणका क्रममा विगतमा भएका सहमतिलाई कार्यान्वयन गर्ने विषयमा छलफल हुने बताउनुभयो ।
मन्त्री ज्ञवालीका अनुसार पारवाहन, अन्तरदेशीय प्रसारण लाइन, सडक एवं अन्य प्राथकिताका क्षेत्रमा छलफल हुनेछ । उहाँ आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग