काठमाडौं-प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ‘वान टु वान’ वार्ता भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा पार्टी एकताका विषयमा दुई नेताहरुबीच छलफल भएको बताइएको छ ।
पार्टी एकता प्रक्रिया अगाडि बढाउने विषयमा दुवै नेताबीच छलफल सकारात्मक रहेको बताइएको छ । यसअघि आइतबारका लागि तय गरिएको बैठक दाहाल ‘रिफ्रेस’ हुन सिन्धुपाल्चोकको सुकुटे गएपछि सोमबार विहानका लागि सारिएको थियो ।
दाहाल सुकुटेबाट सिधै सोमबार अपरान्ह बालुवाटार पुगेका थिए । दुई नेताहरुबीच झण्डै एक घण्टा ‘वान टु वान’ वार्ता भएको थियो । पछिल्लो समय एमाले र माओवादी पार्टी एकताका विषयमा विभिन्न संसयहरु मिडियामा ब्याप्त छन् ।
प्रधानमन्त्री ओली दक्षिण छिमेकी भारतबाट फर्केलगतै चैत २७ मा बस्ने भनिएको एकता संयोजन समितिको बैठक बस्न सकेको छैन् । दुई नेताहरुबीच एकता संयोजनको बैठक मंगलबार बस्ने तय भएको छ ।
दुई पार्टीको कार्यदलले ९ बैशाखमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस पारेर पार्टी एकता गर्न सुझाव दिएको छ । उक्त सुझावलाई यसअघि बसेको पार्टी एकता संयोजन समितिको बैठकले सकारात्मक रुपमा लिएको थियो ।
एमाले र माओवादीबीच पार्टी संगठनमा कसरी समायोजन गर्ने, जनयुद्ध शब्द प्रस्तावनामा राख्ने नराख्ने र चुनाव चिन्ह सुर्य राख्ने नराख्ने विषयमा कुरा मिलिसकेको छैन् ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च