मुगु-डोल्पालीसँगको भेटघाटसँगै त्रिपुरासुन्दरी मन्दिरको दर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओली नेपालको ठूलो ताल रारामा पुगेका छन् ।
नयाँ वर्ष वैशाख १ गते ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ उद्घाटन गर्न प्रधानमन्त्री ओली शुक्रबार अपराह्न रारा पुगेका हुन् । उनले शुक्रबारै डोल्पाको शे–फोक्सुण्डो र ढोरपाटन शिकार आरक्ष अवलोकन गरेका थिए ।
राराताल पुगेका प्रधानमन्त्रीको रात्रिबास भने श्रीदल गुल्म रारामा हुने जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक डेकेन्द्र शर्मा रेग्मीले जानकारी दिए ।
शर्माका अनुसार शुक्रबारै नै कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक रारामा बसिरहेको छ । शनिबार बिहान ८ बजे प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गरी हुम्लाको हिल्सा अवलोकन गरेर ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शनिबार अपराह्न ३ बजे प्रधानमन्त्री ओलीको अध्यक्षतामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको तेस्रो सिनेट बैठकपनि बस्ने छ ।
प्रधानमन्त्री ओलीसँगै रक्षामन्त्री ईश्वर पोखेरल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, संस्कृति, पर्यटन तथा नगारिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, पूर्वमन्त्री जनार्दन शर्मा, कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनाल, मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रदेश सरकारका मन्त्रीलगायत, सांसद, स्थानीय सरकारका प्रमुख, नेपाल सरकारका भिभिआइपीहरू रारा पुगेका छन् ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा