आइतबार, असोज ११ २०७७ | Sun, September 27, 2020
नेपालको समय: १९:३१ | UK Time: 14:46

हेलिकप्टर चढेर तीन मन्त्रीसहित ढोरपाटन पुगे प्रधानमन्त्री

वीनेपाली
२०७४ चैत ३० गते १४:५०

बागलुङ-हेलिकप्टर चढेर तीन मन्त्रीसहित प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबा ढोरपाटन शिकार आरक्षको अवलोकन गरेका छन् ।

प्रधानमन्त्री ओलीसहित रक्षामन्त्री ईश्वर पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीलगायत ढोरपाटन पुगेका थिए ।

अवलोकनपछि स्थानीय तहका जनप्रतिनिधि र जनतासँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले ढोरपाटनलाई जोगाउने गरी जलविद्युत् आयोजना निर्माण गरिने बताए ।

“उत्तरगंगामा जलाशयबाट एक हजार मेगावाट बिजुली निकाल्न सकिन्छ”–उनले भने, “त्यसो गर्दा यहाँको बस्ती र सुन्दरता बचाउने गरी काम अगाडि बढाउनुपर्छ ।”

सो अवसरमा पर्यटनमन्त्री अधिकारीले ढोरपाटन प्रदेश नं ४ कै उत्कृष्ट पर्यटन गन्तव्यअन्तर्गत पर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक