भक्तपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको सुरक्षा चुनौतीको सामना गर्नका लागि सुरक्षा निकायलाई सधैं तयार रहन निर्देशन दिएका छन् ।
नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा नेपाली सेनाको अधिकृत क्याडेट तालिम र पदिक हुद्दा क्याडेट तालीमको आयुक्त पद प्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले मुलुक अहिले शान्तिपूर्ण अवस्थामा रहे पनि भविष्यमा आउन सक्ने खतरातर्फ सजग हुनुपर्ने औंल्याए ।
प्रधानमन्त्रीले भने, ‘हाम्रो देशभित्र केही अतिवादी तत्वहरू हिंसात्मक गतिविधिमा सक्रिय हुन थालेका छन्, देशमा जातीय र क्षेत्रीय नाममा द्वन्द्व फैलाउने सक्ने खतरा देखिएको छ, यी विषयहरू सुरक्षा चुनौतीको रुपमा आउन सक्छ, यसतर्फ सचेत हुन आग्रह गर्दछु ।’
ओलीले राष्ट्रिय सुरक्षाका विभिन्न आयामको जानकारी लिई एक्काइसौँ शताब्दीको मुख्य चुनौती र खतरा साइबर सुरक्षाका लागि भरपर्दो योजना बनाएर सुरक्षा निकायबीच समन्वय गर्न आग्रह गरे । नेपाली सेनाले देश निर्माण र शान्ति सैनिकका रुपमा विश्वमा चिनाएको छ भन्दै उनले प्रशंसा गरेका थिए ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त